काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६, चुमचेतनजिकै पहिरोले बुढीगण्डकी नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्रारम्भिक निष्कर्ष छ ।
इसिमोडका अनुसार हिजो बिहान करिब ४ बजे शुरू भएको बाढीले बुढीगण्डकी करिडोर हुँदै लेदो, गेग्रान र फोहोर बगाएर तल्लो क्षेत्रमा पुर्याएको थियो ।
इसिमोडले बुढीगण्डकीमा दुई वर्षअघि पनि बाढी आएको उल्लेख गर्दै पछिल्ला घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढीको जोखिम रहेको देखाएको जनाएको छ । साथै, पर्वतीय क्षेत्रमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै सम्भावित विपद्बारे सतर्क रहनुपर्नेमा जोड दिएको छ ।










Discussion about this post