काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि अघि बढ्ने भएको छ।
काठमाण्डौको खुलामञ्चमा हिजो महाधिवेशन उद्घाटन भएको थियो। आज बिहान ९ बजेदेखि खुलामञ्चमै बन्दसत्र सञ्चालन हुने कार्यक्रम छ।
बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
यसैबीच, कांग्रेस निर्वाचन समितिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आज बेलुकी ५ बजे मतदाता नामावली प्रकाशन, ५ बजेदेखि ६ः३० बजेसम्म दाबी–विरोध र बेलुकी ८ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। त्यसपछि ४ः३० बजे उम्मेदवारको प्रारम्भिक अन्तिम नामावली प्रकाशन, दाबी–विरोध तथा बेलुकी ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।
२१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। सोही दिन प्रचारप्रसार गर्न पाइनेछ।
कांग्रेस महाधिवेशनको मतदान भने २२ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।










Discussion about this post