धनगढी । धनगढीमा घर तथा कार्यालयमै खाना र खाजा पुर्याउने होम डेलिभरी सेवा सुरु भएको छ । ‘कान्छा दाई’ एपमार्फत आफूलाई मनपर्ने रेस्टुरेन्टबाट खाना तथा खाजा अर्डर गरी घरमै प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका लागि ‘कान्छा दाई’को फ्रेन्चाइजी लिएको मनुश्री मल्टीसर्भिस प्रालिले धनगढीबाट सेवा सञ्चालनमा ल्याएको हो ।
सेवा सुरुवातको अवसरमा कम्पनीले तीन दिनसम्म ग्राहकलाई २० प्रतिशत छुटसँगै निःशुल्क डेलिभरीको सुविधा उपलब्ध गराउने जनाएको छ ।
मनुश्री मल्टीसर्भिस प्रालिका सञ्चालक दिनेश बोहराका अनुसार रेस्टुरेन्टमा पुगेर खाना खान समय नपाउने तथा घर, कार्यालय वा कार्यस्थलमै खाना तथा खाजा मगाउन चाहने ग्राहकलाई लक्षित गरी सेवा सुरु गरिएको हो ।
धनगढीमा सेवा विस्तारपछि महेन्द्रनगर र अत्तरियामा पनि होम डेलिभरी सेवा विस्तार गर्ने योजना रहेको बोहराले बताउनुभयो ।
प्रविधिको प्रयोगमार्फत स्थानीय रेस्टुरेन्ट तथा ग्राहकलाई जोड्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।










Discussion about this post