Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली मोडर्नको कृषि हाट बजारले विद्यार्थीमा बढाउँदै उद्यमशीलताको भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १४, २०८३
महाकाली मोडर्नको कृषि हाट बजारले विद्यार्थीमा बढाउँदै उद्यमशीलताको भावना
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित महाकाली मोडर्न पब्लिक स्कुलले प्रत्येक महिना आयोजना गर्दै आएको कृषि हाट बजारको चौतर्फी प्रशंसा हुन थालेको छ।

विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक शिक्षा, कृषि तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले विद्यालयले आफ्नो प्राङ्गणमा नियमित रूपमा कृषि हाट बजार सञ्चालन गर्दै आएको हो।

हाट बजारमा विद्यार्थीहरूले आफ्नै घरमा उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, दाल, फूलका बिरुवालगायत कृषि उपज बिक्रीका लागि ल्याउने गरेका छन्। यसबाट विद्यार्थीहरूले कृषि उत्पादनसँगै त्यसको मूल्य निर्धारण, बिक्री व्यवस्थापन, ग्राहकसँगको व्यवहार तथा आम्दानी व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्ने अवसर पाएका छन्।

विद्यालयका अनुसार हाट बजार आयोजना गर्नुअघि विद्यार्थीहरूलाई आफ्ना घरमा सम्भव भएसम्म तरकारी तथा अन्य कृषि उपज उत्पादन गर्न प्रोत्साहित गरिन्छ। त्यसपछि विद्यार्थीहरूले घरमा उत्पादन भएका सामग्री विद्यालयमा ल्याएर हाट बजारमा बिक्री गर्ने गरेका छन्।

असोज १४ गते आयोजित कृषि हाट बजारको कृषि ज्ञान केन्द्र कञ्चनपुरका बाली संरक्षण अधिकृत मदनराज भट्टले अवलोकन गरेका थिए। उनले विद्यालयले सुरु गरेको यो अभ्यास नवीन र ज्ञानवद्र्धक रहेको बताउँदै प्रशंसा गरे।

भट्टका अनुसार यस्तो कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उत्पादनदेखि बजारसम्मको प्रक्रियासँग प्रत्यक्ष जोड्ने काम गर्छ। विद्यार्थीहरूले आफैंले उत्पादन गरेका वस्तुको मूल्य निर्धारण गर्ने, बिक्री गर्ने र ग्राहकसँग व्यवहार गर्ने भएकाले उनीहरूमा व्यवहारिक सीप तथा आत्मविश्वास विकास हुने उनको भनाइ छ।

जिल्लाका अन्य विद्यालयले पनि यस्ता कार्यक्रमको अनुकरण गर्नुपर्ने बताउँदै भट्टले विद्यार्थीलाई सीप, ज्ञान र उद्यमशीलतासँग जोड्ने यस्तो अभ्यासले भविष्यमा उनीहरूलाई स्वरोजगार तथा व्यवसायका क्षेत्रमा समेत प्रेरित गर्न सक्ने बताए। विद्यालयले व्यवहारिक तथा व्यावसायिक ज्ञान प्रदान गर्ने उद्देश्यले गरेको प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले कृषि हाट बजारमार्फत विद्यार्थीलाई कृषि उत्पादन, बजार व्यवस्थापन, आम्दानी तथा उद्यमशीलतासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्य रहेको बताए।

उनका अनुसार विद्यार्थीलाई कृषि पेशाप्रति आकर्षित गर्नुका साथै घरमै उत्पादन गर्न सकिने कृषि उपजको महत्वबारे जानकारी गराउने उद्देश्यले हाट बजार सञ्चालन गरिएको हो। यसले कक्षाकोठाभित्र सीमित ज्ञानलाई व्यवहारमा उतार्न समेत सहयोग पुर्‍याउने उनले बताए।

प्रिन्सिपल भट्टले विद्यार्थीहरूको उत्साह र हौसला बढाउन विद्यालयले प्रत्येक महिना कृषि हाट बजार सञ्चालन गर्दै जाने जानकारी दिए। उनका अनुसार विद्यार्थीले उत्पादन गरेका सामग्री बिक्री गर्दा उनीहरूमा मेहनत, उत्पादन, बजार र आम्दानीबीचको सम्बन्ध बुझ्ने अवसरसमेत प्राप्त भइरहेको छ।

विद्यालयले सुरु गरेको यो अभ्यासले विद्यार्थीलाई ‘पढाइसँगै उत्पादन र उद्यमशीलता’को अवधारणासँग जोड्ने प्रयास गरेको देखिन्छ। कृषि हाट बजारमा विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगेको विद्यालयले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नगर प्रमुख बोहराद्वारा पशुपति आधारभूत विद्यालयको भवन शिलान्यास
फ्ल्यास हेडिङ

नगर प्रमुख बोहराद्वारा पशुपति आधारभूत विद्यालयको भवन शिलान्यास

अशोज ८, २०८३
भारी वर्षाको पूर्वानुमानपछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह
फ्ल्यास हेडिङ

भारी वर्षाको पूर्वानुमानपछि विद्यालयलाई सतर्क रहन शिक्षा मन्त्रालयको आग्रह

अशोज ८, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न
फ्ल्यास हेडिङ

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्नको कृषि हाट बजारले विद्यार्थीमा बढाउँदै उद्यमशीलताको भावना

महाकाली मोडर्नको कृषि हाट बजारले विद्यार्थीमा बढाउँदै उद्यमशीलताको भावना

अशोज १४, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

अशोज १४, २०८३
नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

अशोज १४, २०८३
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

अशोज १४, २०८३
आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

अशोज १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व