काठमाण्डौ — जापानमा जारी २०औँ एशियाली खेलकुदअन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन्।
पालले ५ हजार मिटर दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै राजेन्द्र भण्डारीको नाममा रहेको १४ मिनेट ०४.८९ सेकेन्डको कीर्तिमान तोडेका हुन्।
प्रतियोगितामा सहभागी १८ धावकमध्ये पाल नवौँ स्थानमा रहेका छन्।










Discussion about this post