कञ्चनपुर । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं। २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार बनेका छन्। उनको उम्मेदवारी क्रम संख्या १३ रहेको छ।
सुदूरपश्चिम खबरसँग कुराकानी गर्दै बोहराले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ ९नेविसंघ० बाट सुरु भएको जानकारी दिए। अध्ययनकै क्रममा लोकतन्त्र, जनताको अधिकार तथा सामाजिक विषयमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेको उनले बताए।
नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै बोहरा २०५२ सालमा महासमिति सदस्य बने। त्यसपछि २०५४ सालमा पुनर्स्थापित तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले। पार्टी संगठनमा निरन्तर सक्रिय रहेका बोहरा २०५७ देखि २०७२ सालसम्म नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सचिवको जिम्मेवारीमा रहे।
राजनीतिसँगै शैक्षिक क्षेत्रमा समेत सक्रिय बोहराले एमबीए अध्ययन पूरा गरेपछि नेपाल कमर्स क्याम्पसमा अध्यापन गरेका थिए। अध्यापनसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका उनी त्यसपछि आफ्नो गृहक्षेत्र फर्किएर राजनीतिक तथा सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहे।
२०७३र०७४ सालमा महाकाली अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालेका बोहरा त्यसपछि स्थानीय तहको राजनीतिमा केन्द्रित भए। नेपाली कांग्रेसबाट वेदकोट नगरपालिकाको प्रमुख पदमा पहिलो पटक उम्मेदवारी दिए पनि उनी निर्वाचित हुन सकेनन्। यद्यपि, निर्वाचनमा पराजित भए पनि राजनीतिक तथा संगठनात्मक गतिविधिलाई निरन्तरता दिएको उनले बताए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले पुनः बोहरालाई वेदकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनायो। उक्त निर्वाचनमा उनले ८ हजार ७८ मत प्राप्त गर्दै वेदकोट नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भए।
हाल नगरप्रमुखको जिम्मेवारीमा रहेका बोहरा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि बन्ने दौडमा छन्। उनले कञ्चनपुर निर्वाचन क्षेत्र नं। २ बाट खुलातर्फ उम्मेदवारी दिएका हुन्।
बोहराका अनुसार विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा नेविसंघ, तरुण दल, महासमिति सदस्य, नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सचिव हुँदै स्थानीय तहको नेतृत्वसम्म पुगेको छ। पार्टी संगठनलाई थप मजबुत बनाउने तथा आफ्नो लामो राजनीतिक अनुभवलाई पार्टीको आगामी यात्रामा उपयोग गर्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको उनले बताए।
भोजराज बोहराको राजनीतिक यात्राका प्रमुख चरण
नेविसंघ — विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु
२०५२ — नेपाली कांग्रेस महासमिति सदस्य
२०५४ — तरुण दल केन्द्रीय सदस्य
२०५७–२०७२ — नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सचिव
२०७३र०७४ — महाकाली अस्पताल अध्यक्ष
२०७९ — वेदकोट नगरपालिकाको नगरप्रमुख निर्वाचित
हाल — नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कञ्चनपुर–२ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
बोहराले सुदूरपश्चिम खबरसँगको कुराकानीमा आफ्नो उम्मेदवारी, पार्टी संगठनमा निर्वाह गरेको भूमिका, लामो राजनीतिक अनुभव तथा आगामी राजनीतिक यात्राबारे समेत धारणा राखेका छन्।










Discussion about this post