Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ५, २०८३
भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि त्यसको असर दोस्रो बजारमा सूचीकृत सम्बन्धित कम्पनीको सेयर मूल्यमा समेत देखिएको छ।

बाढीबाट रसुवा–नुवाकोट क्षेत्रमा रहेका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ। तीमध्ये ६ वटा कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छन्। आयोजना सञ्चालनमा अनिश्चितता बढेसँगै लगानीकर्ताको मनोबल कमजोर हुँदा ती कम्पनीको सेयरमा बिक्री चाप बढेको देखिएको छ।

प्रभावित कम्पनीमध्ये त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य ३०.४८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको २७.०९ प्रतिशत, मैलुङखोलाको २२.७८ प्रतिशत, चिलिमे जलविद्युत्को २२.१८ प्रतिशत र माथिल्लो मैलुङखोलाको १४.०३ प्रतिशतले घटेको जनाइएको छ। साञ्जेन जलविद्युत् कम्पनीको सेयर मूल्यमा भने ४.२५ प्रतिशतको गिरावट आएको छ।

बाढीका कारण केही आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन तथा अन्य संरचनामा ठूलो क्षति पुगेको छ। सडक तथा यातायात अवरुद्ध भएकाले प्राविधिक र बिमा कम्पनीका सर्भेयर आयोजनास्थलमा पुग्न नसक्दा क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको कम्पनीहरूले जनाएका छन्।

रसुवागढी हाइड्रोपावरमा विद्युत्गृह तथा सुरुङमा ठूलो क्षति पुगेको बताइएको छ। त्यस्तै, त्रिशूली–३ बी जलविद्युत् आयोजनामा पनि विद्युत्गृह, हेडबक्स, आवास तथा कार्यालय भवनमा क्षति पुगेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले बाढीबाट प्रभावित आयोजनाको पुनर्निर्माणलाई तीव्रता दिन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको जनाएको छ। बिमा दाबी तथा क्षतिको यकिन विवरण संकलनपछि पुनर्निर्माण अघि बढाउने तयारी भइरहेको छ।

बाढीबाट भएको भौतिक क्षतिसँगै आयोजना पुनः सञ्चालनमा लाग्ने समय, वित्तीय दायित्व र पुनर्निर्माणको लागतबारे अनिश्चितता रहेकाले यसको प्रभाव प्रभावित जलविद्युत् कम्पनी र लगानीकर्तामा परेको देखिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा
फ्ल्यास हेडिङ

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
फ्ल्यास हेडिङ

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना
फ्ल्यास हेडिङ

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३
भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

अशोज ५, २०८३
बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

अशोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन जारी, ७३ जिल्लाका ६ हजार १३२ वडामा सम्पन्न

कांग्रेसको वडा अधिवेशन जारी, ७३ जिल्लाका ६ हजार १३२ वडामा सम्पन्न

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व