Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ५, २०८३
बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बंगालको खाडीमा विकसित हुनसक्ने चक्रवात तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि नेपालमा लगातार भारी वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्। मौसमविद्का अनुसार बिहीबारदेखि सोमबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अत्यधिक वर्षाको सम्भावना रहेको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान मोडेलहरूको विश्लेषण गर्दा आगामी चार दिन वर्षाको सम्भावना बलियो देखिएको बताएका छन्। उनका अनुसार मौसम प्रणालीको गति र अवस्थाअनुसार वर्षाको अवधि फरक पर्न सक्छ।

कतिपय पूर्वानुमान मोडेलले केही स्थानमा ५०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने संकेत गरेका छन्। वर्षाको प्रभाव देशभर देखिन सक्ने भए पनि केही मोडेलले लुम्बिनी प्रदेशमा बढी वर्षा हुने देखाएकाले विशेष सतर्कता आवश्यक रहेको पोखरेलले बताएका छन्।

लगातारको वर्षाले बाढी, पहिरो तथा डुबानको जोखिम बढाउन सक्ने भएकाले समयमै जोखिम पहिचान गरी पूर्वतयारी गर्न उनले सुझाव दिएका छन्। विशेषगरी मनसुनको अन्त्यतिर भिजिसकेको जमिनमा थप वर्षा हुँदा पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने मौसमविद्को भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीमा चक्रवात बन्ने सम्भावना देखिए पनि अहिले नै यसको प्रभावबारे यकिन भन्न सकिने अवस्था छैन। विभागले निरन्तर मौसम प्रणालीको अनुगमन गरिरहेको र आवश्यकताअनुसार विशेष बुलेटिन जारी गर्ने जनाएको छ।

लामिछानेका अनुसार मनसुन बाहिरिने समयमा पश्चिमी वायु र मनसुनी प्रणालीको अन्तरक्रियाका कारण कतिपय अवस्थामा वर्षा एकै क्षेत्रमा केन्द्रित हुन सक्छ। नेपालबाट सामान्यतया अक्टोबर २ आसपास मनसुन बाहिरिने भए पनि वर्षअनुसार केही ढिला हुनसक्छ।

यसैबीच, भारतका उत्तरप्रदेश र बिहारमा पनि आगामी दिनमा अत्यधिक वर्षाको सम्भावना रहेको मौसमसम्बन्धी निकायहरूले जनाएका छन्। बंगालको खाडीमा विकसित हुने प्रणालीको प्रभाव भारत हुँदै नेपालसम्म पर्नसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

मौसमविद्हरूले पछिल्ला केही वर्षयता असोज महिनामा समेत भारी वर्षाका घटना दोहोरिँदै आएको बताएका छन्। जलवायु परिवर्तनका कारण नेपालमा छोटो अवधिमा हुने भारी वर्षाको जोखिमसमेत बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन्। यसले कृषि, यातायात, पर्यटन तथा जनजीवनमा असर पार्न सक्ने भएकाले सम्बन्धित निकाय र नागरिकलाई पूर्वतयारीमा ध्यान दिन आग्रह गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा
फ्ल्यास हेडिङ

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
फ्ल्यास हेडिङ

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना
फ्ल्यास हेडिङ

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३
भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

भोटेकोशी बाढीको असर जलविद्युत् कम्पनीको सेयरमा, मूल्यमा देखियो गिरावट

अशोज ५, २०८३
बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

अशोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन जारी, ७३ जिल्लाका ६ हजार १३२ वडामा सम्पन्न

कांग्रेसको वडा अधिवेशन जारी, ७३ जिल्लाका ६ हजार १३२ वडामा सम्पन्न

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व