काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ।
रसुवा, नुवाकोट र धादिङका साथै केही निर्वाचन क्षेत्रमा भने अधिवेशन हुन बाँकी छ। आन्तरिक विवाद, सदस्यतासम्बन्धी समस्या तथा बाढीको प्रभावका कारण केही स्थानमा प्रक्रिया रोकिएको निर्वाचन समितिले जनाएको छ। बाँकी वडामा आज पनि अधिवेशन सञ्चालन हुने जनाइएको छ।
वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन्। यही प्रक्रियाबाट निर्वाचित प्रतिनिधिहरूले क्रमशः क्षेत्रीय र केन्द्रीय महाधिवेशनमा प्रतिनिधि चयन गर्ने व्यवस्था छ। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ।










Discussion about this post