Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संविधान दिवसमा कार्यान्वयन र सहकार्यको सन्देश

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८३
संविधान दिवसमा कार्यान्वयन र सहकार्यको सन्देश
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ का अवसरमा राष्ट्रपति, पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीहरूले संविधानको कार्यान्वयन, संरक्षण, सुधार र राजनीतिक सहकार्यमा जोड दिएका छन्। उनीहरूका सन्देशमा संविधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकका अधिकार र उपलब्धिलाई संस्थागत गर्नुपर्ने विषय प्रमुख रूपमा उठाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले संविधान नागरिकका अधिकार, स्वतन्त्रता र अपेक्षासँग जोडिएको दस्तावेज भएकाले त्यसमा उल्लेखित व्यवस्थाको पूर्ण परिपालन आवश्यक रहेको बताएका छन्।

राष्ट्रपति पौडेलले नागरिकको असन्तुष्टिका विषय सम्बोधन गर्दै सुशासन, न्यायमा सहज पहुँच र सार्वजनिक प्रशासनलाई थप जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्। संविधानबाट प्राप्त उपलब्धि संरक्षण तथा संस्थागत गर्दै मुलुकलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन साझा सहमति आवश्यक रहेको उनको भनाइ छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि संविधानको प्रभावकारी कार्यान्वयन र राजनीतिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखेकी छन्। उनले संविधानको मर्म र भावनालाई व्यवहारमा लागू गर्न सके मुलुकलाई स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन सहज हुने बताएकी छन्। राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरूबीच संवाद, समन्वय र सहकार्य आवश्यक रहेको उनको जोड छ।

पूर्वप्रधानमन्त्रीहरूका सन्देशमा भने संविधान संशोधन र कार्यान्वयनबारे फरक–फरक दृष्टिकोण देखिएको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको विषयलाई राजनीतिक स्वार्थसँग जोडेर अघि बढाउन नहुने धारणा राखेका छन्। उनले संविधानलाई गतिशील दस्तावेजका रूपमा स्वीकार गर्दै आवश्यक सुधार गर्न सकिने भए पनि संशोधनलाई शक्ति संघर्षको माध्यम बनाउन नहुने बताएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा जारी सन्देशमा उनले संविधानले परिलक्षित गरेका लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानबाट प्राप्त उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्नु अहिलेको मुख्य दायित्व भएको बताएका छन्। संविधान दिवसका अवसरमा उनले संविधानका उपलब्धिलाई व्यवहारमा उतार्दै नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्ने धारणा राखेका छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने संविधानका आधारभूत उपलब्धि संरक्षण गर्दै समयअनुसार आवश्यक सुधार गर्नुपर्ने धारणा राख्दै आएका छन्। राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन अघि बढाउनुपर्ने उनको जोड छ।

नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आएका यी सन्देशले संविधानको कार्यान्वयन, संरक्षण र सुधारबारे राजनीतिक तहमा जारी बहसलाई पुनः सतहमा ल्याएको छ। संविधानका उपलब्धिलाई संस्थागत गर्दै नागरिकले प्रत्यक्ष रूपमा अधिकार र सेवाको अनुभूति गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा भने विभिन्न नेताहरूका सन्देशमा जोड देखिन्छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय
फ्ल्यास हेडिङ

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी
फ्ल्यास हेडिङ

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी
अर्थतन्त्र

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३
विद्यालय शिक्षा विधेयक तयारी तीव्र, सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयक तयारी तीव्र, सात सदस्यीय कार्यदल गठन

अशोज ४, २०८३
२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा

२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व