Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

२०औँ एसियाली खेलकुदमा नेपालको चुनौती : २१ खेलमा १३५ खेलाडी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८३
२०औँ एसियाली खेलकुदमा नेपालको चुनौती : २१ खेलमा १३५ खेलाडी
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जापानको आइची प्रिफेक्चर र नागोया सहरमा २०औँ एसियाली खेलकुद प्रतियोगिता सुरु भएको छ। अक्टोबर ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले २१ खेलमा १३५ खेलाडी सहभागी गराउँदैछ।

नेपाली टोलीमा ७८ पुरुष र ५७ महिला खेलाडी छन्। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक, मेडिकल टिम तथा अन्य पदाधिकारीसहित नेपालको प्रतिनिधिमण्डलमा २११ जना सहभागी छन्। अघिल्लो हाङ्झाउ एसियाडमा २५३ नेपाली खेलाडी सहभागी भएका थिए।

यसपटक नेपालले कबड्डी, क्रिकेट र महिला भलिबलसहित विभिन्न २१ खेलमा प्रतिस्पर्धा गर्दैछ। कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी छन्। पुरुष क्रिकेटमा १५, महिला भलिबलमा १२, उसुमा १०, करातेमा आठ र बक्सिङमा सात खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

यस्तै एथलेटिक्स, जुडो, टेबल टेनिस र कुस्तीमा समान ६, पौडी र टेनिसमा पाँच–पाँच तथा ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा चार–चार खेलाडी सहभागी छन्। तेक्वान्दोमा तीन तथा आर्चरी, साइक्लिङ, र्‍याफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केटबोर्डिङ र स्क्वासमा दुई–दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोकेका छन्। थापामगरले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए भने विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले हाङ्झाउ एसियाडमा कांस्य पदक जितेको थियो।

नेपालले एसियाडको तयारीका लागि लामो समयदेखि विशेष प्रशिक्षण सञ्चालन गर्दै आएको थियो। प्रतियोगिता नजिकिएसँगै विभिन्न खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारीलाई तीव्र पारिएको थियो। यसपटक नेपालले स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेको छ।

नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि निरन्तर सहभागिता जनाउँदै आएको छ। सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ एसियाडमा पहिलो पटक पदक जितेको नेपालले त्यसयता विभिन्न संस्करणमा पदक हासिल गर्दै आएको छ।

अघिल्लो हाङ्झाउ एसियाडमा नेपालले करातेकी एरिका गुरुङबाट रजत तथा महिला कबड्डी टोलीबाट कांस्य पदक जितेको थियो। यसपटक पनि विभिन्न खेलबाट पदकको अपेक्षा गरिएको छ।

एसियाडमा चीन, जापान, दक्षिण कोरिया, भारतलगायत एसियाका बलिया खेल राष्ट्रबीच पदकका लागि प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा ४३ खेल समावेश छन् र ४५ देश तथा क्षेत्रका खेलाडी सहभागी छन्।

नेपालका लागि भने एसियाड अन्तर्राष्ट्रिय स्तरमा आफ्नो खेल क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर बनेको छ। सीमित स्रोतसाधनबीच तयारी गरेर जापान पुगेका नेपाली खेलाडीले कस्तो प्रदर्शन गर्छन् र नेपालको पदक लक्ष्य कति पूरा हुन्छ भन्नेमा नेपाली खेलप्रेमीको ध्यान केन्द्रित भएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी
फ्ल्यास हेडिङ

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी
अर्थतन्त्र

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ
फ्ल्यास हेडिङ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३
विद्यालय शिक्षा विधेयक तयारी तीव्र, सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयक तयारी तीव्र, सात सदस्यीय कार्यदल गठन

अशोज ४, २०८३
२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा

२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा

अशोज ४, २०८३
कांग्रेस महाधिवेशन : ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न, ३१ जिल्लामा आज

कांग्रेस महाधिवेशन : ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न, ३१ जिल्लामा आज

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व