Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १, २०८३
संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुईतिहाइ मत आवश्यक पर्ने संवैधानिक व्यवस्थाविपरीत प्रतिनिधिसभा नियमावली, २०८३ मा गरिएको प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश मनोज शर्मासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावलीका विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

सर्वोच्चले नियमावलीको नियम १४०(११) र नियम २५९ कार्यान्वयनमा रोक लगाएको छ। नियम १४०(११) मा संविधान संशोधनको प्रक्रिया तथा प्रमाणीकरणसम्बन्धी व्यवस्था गरिएको थियो भने नियम २५९ ले प्रतिनिधिसभा नियमावलीलाई संघीय कानुनसरह लागू हुने व्यवस्था गरेको थियो।

अदालतको आदेशसँगै संविधान संशोधनसम्बन्धी विधेयक संविधानमा तोकिएको प्रक्रियाअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट छुट्टाछुट्टै दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने भएको छ।

प्रतिनिधिसभाले १७ जेठमा पारित गरेको नियमावलीका केही प्रावधान संविधान र राष्ट्रिय सभा नियमावली, २०७५ मा रहेको व्यवस्थासँग बाझिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।

सर्वोच्चले संविधानको धारा १ अनुसार नेपालको संविधान मूल कानुन भएकाले संविधानसँग बाझिने कानुनी व्यवस्था बाझिएको हदसम्म अमान्य हुने व्यवस्था पनि स्मरण गराएको छ। अदालतले विवादित प्रावधान कार्यान्वयन गर्दा संवैधानिक व्यवस्थामा अपूरणीय क्षति पुग्न सक्ने देखिएको भन्दै अन्तरिम आदेश जारी गरेको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन
अर्थ/ब्यापार

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
फ्ल्यास हेडिङ

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल
खेलकुद

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३
एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

एसियाली खेलकुदमा आज नेपाल–इन्डोनेसिया महिला भलिबल खेल्दै

अशोज १, २०८३
संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

संविधान संशोधनको नयाँ व्यवस्था कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

अशोज १, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

अशोज १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व