काठमाडौं । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय क्रिकेट श्रृंखला खेल्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा द्विपक्षीय श्रृंखला खेल्न प्रस्ताव गरेपछि बीसीबीले त्यसबारे छलफल अघि बढाएको हो।
बीसीबीका क्रिकेट सञ्चालन प्रमुख शाह्रियार नफिसले क्यानबाट केही समयअघि प्रस्ताव आएपछि दुवै पक्षबीच श्रृंखला आयोजनाको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको जानकारी दिए।
बङ्गलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् २०२७ सम्मको फ्युचर टुर्स प्रोग्राम (एफटीपी) चक्रभित्रै नेपालसँग श्रृंखला आयोजना गर्ने प्रयास भइरहेको नफिसले बताए।









Discussion about this post