Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विकास आयोजनाको सुरक्षामा ऊर्जा मन्त्रालयको ६ बुँदे नयाँ योजना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३०, २०८३
विकास आयोजनाको सुरक्षामा ऊर्जा मन्त्रालयको ६ बुँदे नयाँ योजना
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षा सुदृढ गर्न ६ बुँदे नयाँ अवधारणा अघि सारेको छ।

आयोजनाको भौतिक संरचना, श्रमिक तथा पूर्वाधारलाई सम्भावित विपद् र जोखिमबाट जोगाउन मन्त्रालयले अनिवार्य बिमा, सुरक्षा अधिकारीको व्यवस्था, उद्धार तालिमदेखि सुरुङमार्गको पुनर्संरचनासम्मका योजना अघि बढाएको हो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार आयोजना निर्माण, सुरक्षा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था अघि बढाइएको छ। आयोजनास्थलमा हुनसक्ने जोखिम न्यूनीकरण गर्दै श्रमिकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले नयाँ मापदण्ड कार्यान्वयनको तयारी भइरहेको उनले बताए।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्रस्तावित ६ बुँदे सुरक्षा अवधारणामा निम्न व्यवस्था समेटिएका छन्।

अनिवार्य संरचनात्मक बिमा: प्रत्येक विकास आयोजनाले आयोजना तथा संरचनाको अनिवार्य बिमा गर्नुपर्ने व्यवस्था गरिनेछ।

एक आयोजना, एक सुरक्षा अधिकारी: आयोजनास्थलमा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि प्रत्येक आयोजनामा एक जना सुरक्षा अधिकारी तोकिनेछ।

अनिवार्य उद्धार तालिम: सम्भावित दुर्घटना वा प्राकृतिक विपद्का बेला मानवीय क्षति न्यूनीकरण गर्न आयोजनाका कर्मचारी तथा श्रमिकलाई नियमित उद्धार तालिम दिइनेछ।

आकस्मिक योजना: सम्भावित दुर्घटना, विपद् तथा अन्य संकटको सामना गर्न प्रत्येक आयोजनाले स्पष्ट आकस्मिक योजना तयार गरी कार्यान्वयन गर्नुपर्नेछ।

न्यूनतम आवश्यकता सूची: पावर हाउसमा कम्तीमा ३० दिनसम्म पुग्ने खाद्यान्न तथा अत्यावश्यक सामग्री भण्डारण गरिनेछ। यसका लागि ‘न्यूनतम आवश्यकता सूची’ (एमआरएल) तयार गरी लागू गर्ने तयारी छ।

सुरुङमार्गको पुनर्संरचना: सुरुङमार्गको सुरक्षा र दीर्घकालीन स्थायित्वलाई ध्यानमा राख्दै आवश्यक संरचनागत सुधार तथा पुनर्संरचनाका विषयमा अध्ययन र परामर्श अघि बढाइनेछ।

मन्त्रालयका अनुसार नयाँ सुरक्षा मापदण्ड कार्यान्वयन भएपछि विकास आयोजनाका भौतिक संरचना तथा श्रमिकको सुरक्षा मजबुत हुनुका साथै प्राकृतिक विपद् र अन्य आपत्कालीन अवस्थाको सामना गर्ने क्षमता बढ्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग
फ्ल्यास हेडिङ

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन
फ्ल्यास हेडिङ

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ
अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व