काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली समाजलाई एकताबद्ध बनाउन सांस्कृतिक परम्परा र चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
हरितालिका तीजको अवसरमा शुभकामना दिँदै थापाले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गरे। उनले हरेक चाडपर्वले नेपाली समाजको मौलिकता, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई पुस्तौंदेखि जोड्दै आएको बताए।
उनले तीज महिलाको आस्था, भावना र आत्मीयतासँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता बढाउन योगदान पुर्याउँदै आएको बताए।
थापाले चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई थप बलियो बनाउने बताए।
उनले हरितालिका तीजले सबै नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता ल्याओस् भन्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई शुभकामना दिएका छन्।










Discussion about this post