काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थितिका साथै खोज तथा उद्धार, राहत वितरण र उपचारलगायतका विषयमा जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग छलफल थालेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले बुधबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन्।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, राहत वितरण र उपचारका कामको अवस्थाबारे सुरक्षा निकायबाट विस्तृत जानकारी लिने तथा आवश्यक निर्देशन दिने उद्देश्यले छलफल आयोजना गरिएको बताइएको छ।
प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई आवश्यक समन्वय र प्रभावकारी परिचालनमा जोड दिने अपेक्षा गरिएको छ।










Discussion about this post