Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनभीएल विजेतालाई २० लाख पुरस्कार, घरेलु भलिबलमा नयाँ कीर्तिमान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १८, २०८३
एनभीएल विजेतालाई २० लाख पुरस्कार, घरेलु भलिबलमा नयाँ कीर्तिमान
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको विजेता टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ। आयोजक केडिया ग्रुपले विजेताका लागि घोषणा गरेको यो पुरस्कार राशि नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक भएको जनाएको छ।

केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। त्यसबाट १२ लाख रुपैयाँ उपविजेता, विभिन्न सात विधाका उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई प्रदान गरिनेछ।

प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एनभीएलको मस्कट, थिम सङ र प्रायोजकहरू सार्वजनिक गरिएको छ। प्रतियोगिताको मस्कट नेपालको राष्ट्रिय चरा डाँफेलाई बनाइएको छ। मस्कट रोनिश सुब्बाले डिजाइन गरेका हुन् भने थिम सङ अविन शाक्यले कम्पोज गरेका छन्।

एनभीएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले प्रतियोगितामार्फत बाढीपीडितलाई सहयोग गर्ने अभियानसमेत अघि बढाइने बताए। उनका अनुसार प्रतियोगिताको पहिलो दिन बिक्री हुने टिकटबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

बाढीका कारण देश संकटमा रहेकाले प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सामान्य बनाइने उनले जानकारी दिए।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बाढीपीडितको सहयोगमा केडिया ग्रुपले देखाएको अग्रसरताको प्रशंसा गरे। उनले नेपालको राष्ट्रिय खेल भलिबललाई व्यावसायिक रूपमा अघि बढाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए।

शुक्रबारदेखि सुरु हुने एनभीएलमा ६ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीले सिंगल राउन्ड रोबिन लिगका आधारमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

प्रतियोगिता भदौ २८ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम
फ्ल्यास हेडिङ

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

भदौ १८, २०८३
काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै
अर्थ/ब्यापार

काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै

भदौ १८, २०८३
मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित
फ्ल्यास हेडिङ

मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित

भदौ १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

मर्निङ ग्लोरी स्कुलमा गौरा विशेष कार्यक्रम

भदौ १८, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलमा गौरा विशेष कार्यक्रम सम्पन्न

महाकाली मोडर्न पब्लिक स्कुलमा गौरा विशेष कार्यक्रम सम्पन्न

भदौ १८, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै

काठमाडौंमा ग्यास अभाव हुन नदिन बाहिरी जिल्लाबाट सिलिन्डर भित्र्याइँदै

भदौ १८, २०८३
मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित

मलेसियामाथि ६ विकेटको शानदार जित, नेपालले निकाल्यो लगातार दोस्रो जित

भदौ १८, २०८३
रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन

रसुवा बाढी : क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र उद्धार तीव्र पार्न सरकारलाई समितिको निर्देशन

भदौ १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व