Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १७, २०८३
पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु । लुम्बिनी प्रदेशकी पूर्वसांसद तथा पूर्वअर्थ राज्यमन्त्री सुषमा यादवले नेपाली कम्युनिस्ट पार्टीबाट राजीनामा दिएकी छन्।

यादवले प्रदेश कमिटी सदस्य, मायादेवी गाउँपालिका इन्चार्जलगायत पार्टीका सबै जिम्मेवारीसँगै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएकी छन्।

राजीनामा पत्रमा यादवले आफू २०७४ सालदेखि पार्टीमा आबद्ध रही पार्टीको नीति, विचार, सिद्धान्त तथा संगठन निर्माणमा निरन्तर योगदान गर्दै आएको उल्लेख गरेकी छन्।

पछिल्लो समय पार्टीभित्र विकसित राजनीतिक परिस्थिति, कार्यशैली, निर्णय प्रक्रिया, संगठन सञ्चालन तथा कार्यकर्ताप्रतिको व्यवहारका केही पक्षप्रति असन्तुष्टि बढ्दै गएपछि पार्टीबाट अलग हुने निर्णयमा पुगेको उनले बताएकी छन्।

यादवले पार्टीभित्र आफूले अपेक्षा गरेको राजनीतिक संस्कार, पारदर्शिता, सामूहिक निर्णय, जिम्मेवारीबोध, न्यायपूर्ण व्यवहार तथा कार्यकर्ताप्रतिको सम्मान कमजोर हुँदै गएको अनुभूति भएको राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

आफ्नो राजनीतिक मूल्य–मान्यता, निष्ठा र आत्मसम्मानसँग सम्झौता गरेर पदमा बसिरहनुभन्दा पार्टीबाट अलग हुनु उचित ठानेको यादवले बताएकी छन्।

पार्टीबाट अलग भए पनि जनताको सुख–दुःख, अधिकार, न्याय तथा सामाजिक हितका विषयमा आगामी दिनमा समेत आफ्नो क्षमता र विवेकअनुसार आवाज उठाइरहने उनले स्पष्ट पारेकी छन्।

यादवले भनेकी छन्, ‘पद छोड्दैमा जनताप्रतिको जिम्मेवारी समाप्त हुँदैन र पार्टी छोड्दैमा जनतासँगको सम्बन्ध टुट्दैन।’

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक
फ्ल्यास हेडिङ

घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक

भदौ १७, २०८३
त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो
फ्ल्यास हेडिङ

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

भदौ १७, २०८३
बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण
अर्थतन्त्र

बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण

भदौ १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक

घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक

भदौ १७, २०८३
त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

भदौ १७, २०८३
पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी

पूर्वराज्यमन्त्री सुषमा यादवले छाडिन् नेपाली कम्युनिस्ट पार्टी

भदौ १७, २०८३
बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण

बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति, ७ कम्पनीले नेप्सेलाई बुझाए विवरण

भदौ १७, २०८३
कोरियन एयर फोर्सको जहाज राहत सामग्री लिएर काठमाडौं आइपुग्यो

कोरियन एयर फोर्सको जहाज राहत सामग्री लिएर काठमाडौं आइपुग्यो

भदौ १७, २०८३
भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत हुँदै

भोटेकोशी बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव प्रस्तुत हुँदै

भदौ १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व