Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली मोडर्न स्कुलले आयोजना गर्दै तेस्रो संस्करणको एमएमपिएल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १६, २०८३
महाकाली मोडर्न स्कुलले आयोजना गर्दै तेस्रो संस्करणको एमएमपिएल
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भासीस्थित महाकाली मोडर्न पब्लिक स्कुलले महाकाली मोडर्न प्रिमियर लिग (एमएमपिएल) को तेस्रो संस्करण आयोजना गर्ने भएको छ।

विद्यालयले आयोजना गर्न लागेको एमएमपिएलमा सोसियल हिरोज, कम्प्युटर वारियर्स, साइन्टिफिक इन्भेष्टर, म्याथम्याटिक्स ब्लास्टर, हेल्थ सुपर जायन्ट्स र अप्सनल म्याथ सुपर स्टार गरी ६ वटा टोलीले सहभागिता जनाउने भएका छन्।

प्रतियोगिताका लागि खेलाडी छनोट तथा अक्शन (खरिद–बिक्री) कार्यक्रम मंगलबार महेन्द्रनगरस्थित ओपेरा होटलमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी ६ वटै टोलीले खेलाडीका लागि बोली लगाएका थिए।

विद्यालयले गत साता खेलाडी छनोट गरी उनीहरूको ब्याटिङ र बलिङ क्षमताका आधारमा अंक प्रदान गरेको थियो। सोही मूल्यांकनका आधारमा खेलाडीहरूलाई अक्शनमा सहभागी गराइएको महाकाली मोडर्न पब्लिक स्कुलका संस्थापक तथा प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो।

प्रिन्सिपल भट्टका अनुसार विद्यालयले विगत दुई वर्षदेखि एमएमपिएल आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै खेलाडी अक्शनको व्यवस्था गरिएको हो। अक्शनमा जुन खेलाडी जति रकममा खरिद भएका छन्, सो रकम नगद रूपमा सम्बन्धित खेलाडीलाई नै प्रदान गरिने उहाँले बताउनुभयो।

विद्यार्थीहरूको सर्वाङ्गीण विकास, खेलकुद क्षमता तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले एमएमपिएल आयोजना गरिएको भट्टले बताउनुभयो। खेलकुदका माध्यमबाट विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनुका साथै भविष्यमा खेल क्षेत्रबाट पनि नाम र दाम कमाउन सकिन्छ भन्ने प्रेरणा दिन प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ।

विद्यालयका संस्थापक हर्कबहादुर धामीले क्रिकेट क्षेत्रमा विद्यार्थीका लागि विभिन्न अवसर रहेको बताउँदै खेलकुदकै माध्यमबाट आफ्नो भविष्य निर्माण गर्न सकून् भन्ने उद्देश्यले लिगलाई निरन्तरता दिइएको बताउनुभयो।

कार्यक्रममा सुदूरखबर वानका सञ्चालक एवं कला–संस्कृतिप्रेमी प्रकाश कलौनीको समेत उपस्थिति रहेको थियो।

विद्यालयले विद्यार्थीको अध्ययनसँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै एमएमपिएललाई प्रत्येक वर्ष निरन्तरता दिने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा
फ्ल्यास हेडिङ

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित
कृषि

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व