Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणलाई ऐतिहासिक उपलब्धि भएको बताएका छन्। भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा सहकार्यको नयाँ आधार तयार गरेको उनको भनाइ छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको र दुवै देशका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनेको बताए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज जारी गरेका छन्। यसले आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क, ऊर्जा, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, स्टार्टअप र नवप्रवर्तनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गरेको मन्त्री खनालले बताए।

उनका अनुसार दस्तावेजले सन् १९५० को सन्धिसहित पुराना सन्धि, सम्झौता तथा सहमतिहरूको पुनरावलोकन र आवश्यकताअनुसार परिमार्जन गर्ने सम्भावनासमेत खुला गरेको छ।

भ्रमणका क्रममा नेपालको तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहसँगै गुजरातको दीनदयाल (कान्डला) र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच दिने सहमति भएको छ।

त्यस्तै, जनकपुर–अयोध्याबीच रेलसेवाको दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेका छन्। काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा पनि सहमति भएको मन्त्री खनालले जानकारी दिए।

सीमापार पूर्वाधार विकासअन्तर्गत भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन गरिएको छ भने बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरिएको छ।

ऊर्जा सहकार्यतर्फ इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली विद्युत् प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको छ। यसैगरी तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गरिएको छ।

भारतको सहयोगमा निर्माण भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ भने झापा–सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ। यी आयोजनाले नेपालको ऊर्जा आपूर्ति र सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यसैबीच, नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भ मर्मतसम्भारमा भएको प्रगतिलाई ध्यानमा राख्दै बाँकी सीमासम्बन्धी विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको पनि मन्त्री खनालले बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित
फ्ल्यास हेडिङ

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित
फ्ल्यास हेडिङ

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

मंसिर ८, २०८३
जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत
National News

जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

मंसिर ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

मंसिर ८, २०८३
जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

मंसिर ८, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

मंसिर ८, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका

प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका

मंसिर ८, २०८३
लिपुलेकमा मौन भारत, ईपीजी प्रतिवेदनलाई पुरानो विषयको संज्ञा

लिपुलेकमा मौन भारत, ईपीजी प्रतिवेदनलाई पुरानो विषयको संज्ञा

मंसिर ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व