जनकपुरधाम । नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा जनकपुरधाम आइपुगेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको उक्त रेल सेवा ६०४ किलोमिटर दूरी पार गर्दै जनकपुरधाम पुगेको हो।
भारतको अयोध्या क्यान्टबाट उत्तर प्रदेशका मनकापुर, बस्ती र गोरखपुर हुँदै बिहारका विभिन्न सहर नरकटियागञ्ज, रक्सौल, सीतामढी, मधुवनी र जयनगर भएर रेल जनकपुरधामसम्म पुग्नेछ।
निर्धारित तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट छुट्नेछ।
जनकपुरधाम आइपुगेका भारतीय यात्रुहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, श्रम तथा रोजगारमन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले स्वागत गरेका छन्।
यस रेल सेवाले अवध र मिथिलाबीचको शताब्दीयौँ पुरानो धार्मिक, सांस्कृतिक तथा रोटीबेटी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको छ।










Discussion about this post