युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई रोक्न नसकिने भन्दै यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकार केन्द्रित रहेको बताएका छन्।
उनले सुरक्षित श्रम गन्तव्य विस्तार, विशेषगरी युरोपेली मुलुकसँग श्रम सहकार्य बढाउने प्रयास भइरहेको जानकारी दिए। साथै, आन्तरिक श्रम बजारमा हुने शोषण नियन्त्रण र उचित पारिश्रमिक सुनिश्चित गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालन गर्ने पनि बताए।







Discussion about this post