काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा बढी पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा नयाँ तथा पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७० हजार ४४१ जना पुगेको हो । गत आर्थिक वर्षको साउनमा यस्तो संख्या ६८ हजार ११० थियो । गत वर्षको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या २ हजार ३३१ जनाले बढेको छ ।
यसैगरी, वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने महिलाको संख्या पनि बढेको छ । गत वर्षको साउनमा ९ हजार १६२ महिलाले श्रमस्वीकृति लिएकोमा चालु आर्थिक वर्षको साउनमा यो संख्या बढेर ९ हजार ९६९ पुगेको विभागको तथ्याङ्क छ ।
विभागले पछिल्लो समय विभिन्न श्रम गन्तव्य मुलुकबाट नेपाली कामदारको माग बढेका कारण श्रमस्वीकृति लिनेको संख्या पनि बढेको जनाएको छ । स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति निरन्तर बढिरहेको देखिन्छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स पनि उच्च रहँदै आएको










Discussion about this post