Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २६, २०८३
चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । भौगोलिक रूपमा कमजोर पहाडी भूभागका कारण हरेक वर्ष पहिरो, बाढी, सडक अवरोध र आगलागी जस्ता बहु-प्रकोपीय विपद्को उच्च जोखिम खेप्दै आएको चुरे गाउँपालिकामा खोज तथा उद्धार सामग्रीहरू हस्तान्तरण गरिएको छ। गाउँपालिकाको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यक्षमता सुदृढ गर्न यो सहयोग उपलब्ध गराइएको हो। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साझेदारी तथा द कोका-कोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढिकरण (सान)’ परियोजनाले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो।

केन्द्रलाई लाइफ ज्याकेट, नाइलनको डोरी, थ्रो ब्याग, हेल्मेट, वर्किङ ग्लोब्स, रबर बुट, अग्निनियन्त्रक यन्त्र (फायर एक्स्टिंग्विसर), गैँती, रेनकोट, सोभेल, स्ट्रेचर, त्रिपाल, टर्च लाइट र छाता लगायतका खोज तथा उद्धार सामग्रीहरू हस्तान्तरण गरिएको हो। ‘सान’ परियोजनाले यसअघि सूचना व्यवस्थापनका लागि कम्प्युटर, डिजिटल डिस्प्ले बोर्ड, स्मार्ट बोर्ड र फर्निचर जस्ता प्राविधिक उपकरणहरू समेत सहयोग गरिसकेको छ। साथै, केन्द्रको सहजीकरणका लागि एक जना प्राविधिक जनशक्ति समेत उपलब्ध गराइएको छ।

सामग्री हस्तान्तरणका क्रममा सान परियोजनाका कार्यक्रम संयोजक देवराज बडुले सम्भाव्य विपद्लाई ध्यानमा राखेर गाउँपालिकाको माग अनुसार नै यी सामग्रीहरू तत्काल परिचालन गर्ने गरि हस्तान्तरण गरिएको जानकारी दिनुभयो। उहाँले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रसँग पहिले नै प्राविधिक डाटा र सञ्चारको पहुँच भइसकेको अवस्थामा, अब यी उद्धार सामग्रीहरूले कार्यक्षेत्रमा खटिने सामुदायिक प्रतिकार्य टोलीलाई तत्काल उद्धार कार्य सुरु गर्न र पूर्वसूचना प्रणालीलाई तल्लो तहसम्म प्रभावकारी रूपमा प्रवाह गरि पूर्वकार्य गर्नमा मद्दत पुग्ने भनाई राख्नुभयो।

गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले चुरे क्षेत्र प्राकृतिक रूपमा अत्यन्तै संवेदनशील र बहु-प्रकोपीय जोखिममा रहेको चर्चा गर्दै मनसुन सुरु हुनै लाग्दा प्राप्त भएका यी खोज तथा उद्धार सामग्रीहरू पालिकाका लागि निकै महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले विगतमा पूर्वतयारीका साधन र पर्याप्त तथ्यांकको अभावले गर्दा मनसुनको समयमा तत्काल राहत र उद्धारमा नीतिगत निर्णय लिन निकै सकस हुने गरेको स्मरण गर्नुभयो। अध्यक्ष बोगटीले अब प्राप्त भएका यी सामग्रीहरूको उच्चतम् सदुपयोग गर्दै पालिकाले यस वर्षको मनसुनमा जनधनको क्षति न्यूनीकरण गर्न र द्रुत प्रतिकार्य संयन्त्रलाई थप सबल बनाउन विशेष केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले मनसुनको पूर्वसन्ध्यामा प्राप्त भएका यी सामग्रीहरूले गाउँपालिकाको विपद् व्यवस्थापन र आकस्मिक उद्धार टोलीको कार्यक्षमतामा गुणात्मक वृद्धि गर्ने उल्लेख गर्नुभयो। उहाँले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सजग र तयारी अवस्थामा राख्न तथा कुनै पनि विपद्को घटना हुनासाथ तत्काल घटनास्थलमा स्रोत-साधन सहित टोली परिचालन गर्न यो सहयोग कोशेढुङ्गा साबित हुने धारणा राख्नुभयो। प्रमुख प्रशासकीय अधिकृत खत्रीले पालिकाको भौगोलिक विकटतालाई चिर्दै स्थानीय स्तरमै जोखिमको आँकलन र सुरक्षित व्यवस्थापनका लागि प्रशासनिक र प्राविधिक दुवै रूपमा संयन्त्रलाई पूर्ण रूपमा सक्रिय बनाइने बताउनुभयो।

स्थानीय सरकार र दातृ निकायको यो संयुक्त प्रयासले चुरे क्षेत्रका बासिन्दामा विपद्को समयमा हुन सक्ने जनधनको क्षति कम हुने आशा जगाएको छ। पूर्वानुमान र पूर्वतयारीलाई प्राथमिकता दिँदै उपलब्ध गराइएका यी सामग्री तथा प्राविधिक उपकरणहरूले आगामी दिनमा पालिकाको विपद् व्यवस्थापन प्रणालीलाई थप सवल, छिटो र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व