Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

संसदमा अमर्यादित व्यवहार प्रदर्शनबारे छानबिन समिति गठन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १९, २०८३
संसदमा अमर्यादित व्यवहार प्रदर्शनबारे छानबिन समिति गठन
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभामा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।

सभामुख डोलप्रसाद अर्यालले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।

प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सभामुखले बताएका छन् ।

उनका अनुसार प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख तथा प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् ।

सभामुख अर्यालले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गर्नुका साथै अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको, भौतिक क्षति पुर्‍याएको विषयमा विस्तृत जानकारी प्राप्त भएको र सोसम्बन्धी मुचुल्का समेत तयार भइसकेकाले छानबिन समिति गठन गरिएको बताएका छन् ।

यस विषयमा सभामुख अर्यालले सोमबार संसद् सचिवालयका कर्मचारीहरूसँग परामर्श समेत गरेका थिए ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । त्यसक्रममा सांसदहरूबीच घम्साघम्सीसमेत भएको थियो ।

प्रतिनिधिसभाको बैठक प्रतिनिधिसभा नियमावली, २०८३ पारित गर्ने प्रक्रियामा रहेको बेला विपक्षी दलहरूले नियमावलीमाथि परेका संशोधन प्रस्तावबारे थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने माग गरेका थिए ।

तर दफावार छलफल सम्पन्न भइसकेको र प्रक्रिया अगाडि बढिसकेको भन्दै सभामुखले विरोधका बीच संशोधन प्रस्तावहरूलाई पास र फेलको प्रक्रियाबाट टुंग्याउँदै नियमावली पारित प्रक्रियालाई निरन्तरता दिएका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको निर्देशन: सांसदले आफन्तलाई स्वकीय सचिव बनाउन नपाउने
राजनीति

रास्वपाको निर्देशन: सांसदले आफन्तलाई स्वकीय सचिव बनाउन नपाउने

साउन ८, २०८३
कांग्रेस विवादमा देउवा पक्ष पुनः सर्वोच्च पुग्यो
राजनीति

कांग्रेस विवादमा देउवा पक्ष पुनः सर्वोच्च पुग्यो

साउन ८, २०८३
देशलाई निरङ्कुशतातर्फ लैजाने प्रयास भइरहेको छ : प्रचण्ड
राजनीति

देशलाई निरङ्कुशतातर्फ लैजाने प्रयास भइरहेको छ : प्रचण्ड

साउन ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

साउन १०, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको मूल्यमा फेरि वृद्धि, तोलामा १ हजार ६०० रुपैयाँ थपियो

साउन १०, २०८३
प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री

प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री

साउन १०, २०८३
भोलि उद्घाटन हुँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तत्काल आकस्मिक गाडी मात्र सञ्चालन

भोलि उद्घाटन हुँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तत्काल आकस्मिक गाडी मात्र सञ्चालन

साउन १०, २०८३
हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

साउन ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व