Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

“नेपाल बाहिर पनि नेपालकै अनुभूति” कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ९, २०८३
“नेपाल बाहिर पनि नेपालकै अनुभूति” कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

कर्क (आयरल्यान्ड) — गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। डब्लिन बाहिर पहिलोपटक यति ठूलो स्तरमा आयोजना गरिएको उक्त कार्यक्रमले “नेपाल बाहिर पनि नेपालकै अनुभूति” दिलाएको सहभागीहरूले बताएका छन्।

३५० भन्दा बढी नेपालीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले प्रवासमा नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई सशक्त रूपमा प्रस्तुत गरेको देखिएको छ।

कार्यक्रमको अध्यक्षता NRNA आयरल्यान्डका अध्यक्ष चेतराज ओलीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा NRNA केन्द्रीय समितिका उपाध्यक्ष रामशरण सिम्खडाको विशेष उपस्थिति रहेको थियो। साथै कार्यक्रममा ICC सदस्य, पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि तथा कार्यक्रम अध्यक्षद्वारा दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रम सञ्चालन मुकुन्द भुसाल र सोफिया न्यौपानेले गर्नुभएको थियो भने कर्क नेपाली समाजका महासचिव विशाल रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रस्तुत विभिन्न सांस्कृतिक नृत्य तथा गायनहरूले नेपाली कला र संस्कृतिको जीवन्त झल्को दिएका थिए। विशेषगरी आयरल्यान्डमै जन्मिएर हुर्किएका नेपाली बालबालिकाहरूले नेपाली भेषभूषामा प्रस्तुत गरेका नृत्यहरूले दर्शकहरूलाई भावुक बनाउँदै विदेशमै नेपाल भएको अनुभूति गराएका थिए।

प्रमुख अतिथि रामशरण सिम्खडाले कार्यक्रमको भव्यता र सहभागिता देख्दा नेपालमै आयोजना गरिएको जस्तो महसुस भएको उल्लेख गर्दै नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्नुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूको हकहितका लागि NRNA निरन्तर सक्रिय रहेको पनि बताउनुभयो।

त्यसैगरी ICC सदस्य प्रकाश सापकोटा, पूर्व अध्यक्षहरू तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उक्त अवसरमा NRNA आयरल्यान्डको आधिकारिक वेबसाइटको शुभारम्भसमेत गरिएको थियो भने ‘नेपाल हाउस’ निर्माण योजनाबारे संयोजक राज शर्माले विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायक खेम सेन्चुरीको विशेष प्रस्तुति रहेको थियो। उहाँको सांगीतिक प्रस्तुति उत्साहजनक रहँदा दर्शकहरू नाचगानमा रमाउँदै कार्यक्रमलाई अझ जीवन्त बनाएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष चेतराज ओलीले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो। साथै कार्यक्रमका गतिविधिहरूलाई सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सहयोग पुर्‍याउनुहुने हुम रानालाई विशेष धन्यवाद व्यक्त गरिएको थियो।

समग्रमा, “Feel Nepal Outside Nepal” को भावनालाई आत्मसात गर्दै आयोजना गरिएको यो कार्यक्रमले आयरल्यान्डमा नेपाली समुदायको एकता, सांस्कृतिक पहिचान र सामूहिक शक्तिको प्रभावशाली प्रदर्शन गरेको आयोजकहरूले बताएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३
नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न

असार ३, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व