इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले हराएको छ ।
अहमदावादमा हिजो भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाएको थियो । मुम्बईका तिलक बर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४५ बलमा अविजित १०१ रनको शतक प्रहार गरे, जुन टोलीको जितका लागि निर्णायक बन्यो ।
जवाफमा गुजरात टाइटन्स १५ ओभर ५ बलमा मात्र १०० रन बनाउँदै अलआउट भयो । मुम्बईका बलर अश्वनी कुमारले सर्वाधिक ४ विकेट लिएर विपक्षीलाई दबाबमा राखे ।
यस जितसँगै मुम्बईले लगातार चार खेलको हार शृङ्खला तोड्दै तालिकामा सातौँ स्थानमा उक्लिएको छ भने गुजरात छैटौँ स्थानमा रहेको छ ।
प्रतियोगिताअन्तर्गत आज बेलुकी पौने ८ बजे सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।










Discussion about this post