काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले बढेको इन्धनको मूल्य तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले मूल्य नघटाइए एक साताभित्र आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन् ।
पत्रकार सम्मेलनमा संयोजक दुर्गा प्रसाईंले विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन गरिने जानकारी दिँदै सरकारले यस्ता संगठनहरू खारेज गर्ने प्रयास नगर्न चेतावनी दिए ।
‘एक हप्ताभित्र मूल्य फिर्ता नभए हामी आन्दोलनमा जान्छौं,’ उनले भने, ‘विद्यार्थी संगठन आवाज उठाउनका लागि आवश्यक छन् ।’
उनले विगतमा सानो मूल्यवृद्धिमा समेत आन्दोलन हुने गरेको स्मरण गर्दै अहिले ठूलो वृद्धि हुँदा पनि विद्यार्थी संगठनहरू मौन रहेको आरोप लगाए ।










Discussion about this post