Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्राण्डि हस्पिटल–एवनको सामाजिक उत्तरदायित्व कार्यक्रममा आईविवी अष्ट्रेलियाको सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १५, २०८२
ग्राण्डि हस्पिटल–एवनको सामाजिक उत्तरदायित्व कार्यक्रममा आईविवी अष्ट्रेलियाको सहयोग
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल ९एवन० र डाउन सिन्ड्रोम सोसाईटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा अन्तर्क्रिया गरियो ।
ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यस कार्यक्रममा बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदश्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधी, हस्पिटलका डाक्टरहरु तथा डाउन सिन्ड्रोम भएका बालबालिका तथ अभिभावकहरु सहभागिता जनाएका थिए । बेवि हेल्थ केयर प्रोडक्स्का क्षेत्रमा नेपाली बजारमा अग्रणी रहेको अष्ट्रेलियन ब्राण्ड आईविविले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस कार्यक्रमको लागि सहकार्य र सहभागिता जनाएको थियो ।
कार्यक्रममा बोल्दै ग्राण्डि हस्पिटलका मेडिकल डाईरेक्टर डा। विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको मायाँ, पारिवार भित्रका कार्यहरुमा उनीहरुको सहभागीता र उनीहरुको लाईफ स्किल इन्ह्यान्समेन्टमा ध्यान दिएको खण्डमा ठूलो परिवर्तन ल्याउन सकिने बताए । एवनकी प्रेसिडेन्ड बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएको बच्चा जन्म दिएकै कारण प्रताडित भएकी आमा देख्दा असह्य पिडा बोध भएको सुनाउँदै, यसमा चेतना अभिबृद्धि तथा हामी सबैको सहभागिता मूलक सहयोग अपरिहार्य रहेको बताईन् । उनले कार्यक्रममा बोल्दै भनिन्, “यो समाजमा भएका हरेक मानिस फरक छन्, त्यसैले यो संसार सुन्दर छ, डाउन सिन्ड्रोम भएका बालबालिकामा भएका फरक क्षमतालाई हामीले पहिचान गर्न सक्नुपर्छ, उनीहरुको फरक एविलिटीलाई सेलिब्रेट गर्नुपर्छ, अवसर र समानता कायम गर्नुपर्छ ।”
डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नो छोरा डाउन सिन्ड्रोम भएकै कारण भोगेका घटना सुनाउँदै, अन्य अभिभावकलाई सहयोग गर्न सकियोस् भन्ने उदेश्यका साथ डाउन सिन्ड्रोम सोसाइटी नै स्थापना गरेको बताईन् ।
विश्वमा जन्मने हरेक ७०० बालबालिका मध्ये एक डाउन सिन्ड्रोम हुने तथ्यलाई आधार मानि त्यसको तयारी र उनीहरुको आवश्यकता परिपूर्तीका लागि राज्यबाट गरिनुपर्ने सहयोग र पूर्वाधार विकाशमा आवश्यकता अनुरुप लगानी नभएको देखिन्छ ।

यसले गर्दा डाउन सिन्ड्रोम भएका बालबालिका तथा परिवारका सदश्यहरु समेत सामाजिक भेदभावको शिकार हुँदै आएका छन् । यस परिप्रेक्ष्यमा ग्राण्डी इन्टरनेशल हस्पिटल तथा एवनले लिएको अग्रसरता प्रति कृतज्ञता जाहेर गर्दै कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूले गर्व महशुष गरेको आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले बताईन् र भविष्यमा समेत सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रको विकासमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व