काठमाडौँ – नेपाल व्यापार क्षेत्रमा पहिलोपटक जेनजी पुस्ताका युवा व्यवसायीहरूलाई एकै मञ्चबाट सम्मान गरिएको छ। नेपाल व्यापार संघद्वारा आयोजित नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनको अवसरपारि विभिन्न क्षेत्रमा सक्रिय, सिर्जनशील र उद्यमशीलता मार्फत पहिचान बनाएका युवा व्यवसायीहरूलाई सम्मान गरिएको हो। नयाँ सोच, नवप्रवर्तन र आत्मनिर्भर व्यवसायिक यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो सम्मान कार्यक्रमलाई नेपालकै व्यापारिक इतिहासमा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष हरि गौतमले युवा व्यवसायीहरू नै देशको आर्थिक मेरुदण्ड बन्ने आधार भएको उल्लेख गर्दै संघले सधैं नवप्रवर्तनशील सोचलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “आज सम्मानित भएका यी युवा व्यवसायीहरू भोलिका नेतृत्व हुन्, जसले नेपाली व्यापार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछन्।”
त्यसैगरी नवनिर्वाचित अध्यक्ष गिरिराज पोखरेलले युवाको सक्रिय सहभागिताविना व्यापार क्षेत्रको रूपान्तरण सम्भव नभएको उल्लेख गर्दै संघले अब युवा केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “हामी पुरानो अनुभव र नयाँ ऊर्जालाई जोडेर अघि बढ्नेछौँ। युवा व्यवसायीहरूको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा संघले ठोस कदम चाल्नेछ।”

सम्मानित हुनेहरूमा प्रविन बगाले ९दरौदी फेशन कलेक्सन०, डेविट पोखरेल ९डेविट टेलर्स०, सुजन विष्ट ९कनकाई ट्रेडर्स०, त्रिभुवन बहादुर शाह ९शाह अडर सप्लायर्स०, लवदेव भट्ट ९इको गार्मेन्ट एण्ड ब्याग म्यानुफ्याक्चरिङ०, बलभद्र ढकाल ९बीबीडी इम्पोरियम०, मनोज तिम्लिसिना ९अनिशा इन्टरनेशनल ट्रेडर्स०, प्रशंसा आचार्य ९तेज एण्ड शोभा लिंक०, आचल कुमारी दास ९दास कलेक्सन०, शर्मिला खड्का ९एस एस कलेक्सन०, सुवास गौतम ९गुराँसे देवी ट्रेडर्स०, अस्मिन पराजुली ९मिना टेलर्स०, मनिका सुवेदी ९न्यू मुक्तिनाथ ट्रेड एण्ड सप्लायर्स०, भुवन बन्जरा ९ओम बन्जरा सप्लायर्स०, सम्राट केसी ९शुज क्राइब नेपाल०, पवन कटुवाल ९पूर्वेली सुज उद्योग०, प्रज्वल गौतम ९एचपी ट्रेड०, आरभ अधिकारी ९एन आर जे बिजनेस०, अंश तामाङ ९आशा कलेक्सन०, सुजन केसी ९सुजन सृजन शिवम रेडिमेड०, नविन भट्टराई ९कोजा इन्टरप्राइजेज०, पृतम राज पाठक ९शरद क्राफ्ट क्रिएसन्स०, हेमराज कार्की ९जयपशुपतिनाथ इन्टरप्राइजेज० र क्षितिज सिंह परियार ९मिमाङ फेसन० रहेका छन्।
सम्मान कार्यक्रममा युवा पुस्ताले व्यवसायिक क्षेत्रमा ल्याएको ऊर्जा, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमतालाई उच्च मूल्याङ्कन गरिएको थियो। आयोजकका अनुसार यस्ता पहलले नेपालमा उद्यमशीलताको नयाँ लहर सिर्जना गर्दै युवा नेतृत्वलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।











Discussion about this post