काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा आइतबार उल्लेखनीय गिरावट देखिएको छ। एकैदिन प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेसँगै सुनको कारोबार मूल्य घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो गिरावटले बजारमा सुन खरिद गर्ने उपभोक्ताहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी ४ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको हो।










Discussion about this post