इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनीपछि बन्द गरिएको संयुक्त अरब इमिरेट्स ९युएई० को हवाई क्षेत्र आंशिक रूपमा खुला गरिएको छ। यसअघि युएईको नागरिक उड्डयन मन्त्रालयले सुरक्षाको कारण देखाउँदै निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरेको थियो। हवाई क्षेत्र खुला भएसँगै इतिहाद एयरवेज र इमिरेट्स एयरलाइन्स ले उडान पुनः सुरु गरेका थिए। तर केही समयपछि पुनः हवाई क्षेत्र बन्द गरिएको थियो। अहिले भने सरकारी सञ्चार माध्यमले हवाई क्षेत्र पुनः आंशिक रूपमा सञ्चालनमा आएको जनाएको छ।
यसैबीच ओमान ले दुबई, दोहा र बहराइन का उडानहरू मार्च ३१ सम्मका लागि स्थगित गरेको छ। कतार एयरवेज ले पनि आफ्नो देशको हवाई क्षेत्र बन्द रहेकाले उडान सञ्चालन नगरेको जनाएको छ। कतारले १८ देखि २८ मार्चसम्म सीमित उडान सञ्चालन गर्ने तालिका बनाएको छ। यस्तै टर्किश एयरलाइन्स ले साउदी अरब, इरान, इराक, कतार, बहराइन र युएईका गन्तव्यमा उडानहरू स्थगित गरेको छ।
त्यसैगरी एअर क्यानडा, डेल्टा एयरलाइन्स र विज एयर ले पनि मार्च अन्त्यसम्मका लागि तेलअभिभ का उडानहरू स्थगन गरेका छन्। यसबारे बीबीसी ले जानकारी दिएको छ।










Discussion about this post