Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल प्राली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २९, २०८२
नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल प्राली
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

– क्षितिज विक्रम खनाल Tiger Forest Hotel Pvt. Ltd. ले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य व्यवसायलाई विस्तार गरेको छ। तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीको Tiger Palace by Soltee नजिकै शान्त र हरियाली वातावरणमा विकसित यो परियोजनाले प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने लक्ष्य राखेको छ। प्राकृतिक परिवेश, खुला स्थान र मौलिक संरचनाको शैलीले यस होटललाई अन्य परम्परागत होटलभन्दा अलग बनाउँछ।

होटल परिसरमा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन आगन्तुकको मुख्य आकर्षण बनेको छ। यहाँ Barasinghe Beer का सबै भेराइटी ड्राफ्ट प्रणालीमार्फत धारा जडान गरी, कारखानामा जस्तै ताजगी र स्वादमा उपलब्ध छन्। खुला आकाशमुनि हरियाली वातावरणमा बसेर ताजा बियरको अनुभव लिन पाउने सुविधा यस क्षेत्रमै नयाँ अनुभवका रूपमा प्रस्तुत गरिएको छ।

साथै काठबाट बनेको रेस्टुरेन्टमा अनुभवी शेफद्वारा तयार गरिएका नेपाली र भारतीय परिकारहरू सुपथ मूल्यमा उपलब्ध छन्। लाइभ म्युजिकको साथमा परिवार वा साथीहरूसँग समय बिताउन मिल्ने वातावरणले आगन्तुकलाई सहज र आत्मीय अनुभूति दिन्छ।

हाल होटलमा काठबाट बनेका २० वटा लक्जरी भिल्ला तथा कोठा प्रारम्भिक सञ्चालनमा छन्। प्राकृतिक सामग्री प्रयोग गरी निर्माण गरिएका यी संरचनाले वातावरणमैत्री सन्देश मात्र दिन्छन्, बसाइलाई पनि विशिष्ट अनुभव बनाउँछन्। डान्स क्लब, स्पा सेवा र बैंकेट हल समेत सञ्चालनमा आइसकेका छन्। बैंकेट हलमा १५०० व्यक्तिसम्मको क्षमता भएको कार्यक्रम आयोजना गर्न सकिन्छ, जसमा निजी कार्यक्रम, संस्था तथा संगठनले कार्यक्रम गर्न सक्ने सुविधा उपलब्ध छ।

करीब ५ बिघा क्षेत्रफलमा विस्तार भइरहेको यस परियोजनामा हालसम्म करिब १५० करोड रुपैयाँ लगानी भइसकेको छ। थप १५० करोड रुपैयाँ लगानी गरी कुल ३०० करोडको पाँचतारे रिसोर्ट विकास गर्ने योजना रहेको सञ्चालक मिनराज भुसालले जानकारी दिएका छन्। आगामी चरणमा स्वीमिङ पुल, क्यासिनो, गार्डेन, बालबालिकाको खेल क्षेत्रसहित थप ८० वटा काठबाट बनेका भिल्ला निर्माण गरिने योजना अघि बढाइएको छ।

स्वदेशी उत्पादन हुने सल्लो र साल जस्ता काठ प्रयोग गरेर इन्जिनियरिङ मापदण्डअनुसार संरचना निर्माण गर्दा नक्सा स्वीकृतिमा स्पष्ट कार्यविधि नहुँदा चुनौती भएको सञ्चालकले बताएका छन्। बाँस संरचनाका लागि कार्यविधि बनेजस्तै, स्वदेशी काठ प्रयोगमा पनि स्पष्ट कानुनी आधार तय हुनुपर्ने माग गरिएको छ। यसले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र स्थानीय उद्योग तथा रोजगारीलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

हाल करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको होटलले पूर्ण सञ्चालनपछि अझ ठूलो संख्यामा रोजगारी सिर्जना हुने जनाएको छ। व्यवसाय प्रवर्द्धन भए मात्र दीगो रोजगारी सम्भव हुने भन्दै, लगानीको सुरक्षा र संरक्षणमा सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको सञ्चालकको भनाइ छ।

लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फरक अनुभव दिने लक्ष्यसहित अघि बढेको यो परियोजना प्रदेशकै नमुना पर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व