Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

समानुपातिक मतगणना सकियो,रास्वपाको १८२ सिट हुने सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २७, २०८२
समानुपातिक मतगणना सकियो,रास्वपाको १८२ सिट हुने सम्भावना
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित स्पष्ट भएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतको आधारमा थप ५७ सिट पाउने सम्भावना देखिएको छ।

यद्यपि निर्वाचन आयोग ले औपचारिक रूपमा सिट निर्धारण गरिसकेको छैन। आयोगले प्रयोग गर्ने ‘सेन्ट–लग फर्मुला’ अनुसार दलहरूले प्राप्त गरेको मतका आधारमा गरिएको प्रारम्भिक गणनामा रास्वपालाई ५७ सिट प्राप्त हुने देखिएको हो।

यदि आयोगले यही संख्या कायम गरेमा रास्वपाको कुल सिट संख्या १८२ पुग्नेछ। २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई तिहाइ बहुमतभन्दा २ सिटले पछि पर्ने देखिन्छ। यद्यपि स्वतन्त्र सांसद महाविर पुन रास्वपाकै समर्थनमा निर्वाचित भएकाले त्यसले बहुमत समीकरणमा प्रभाव पार्न सक्छ।

समानुपातिकतर्फ कुल १ करोड ७ लाख ६४ हजार ८८९ मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६८१ मत प्राप्त गरेको छ, जुन करिब ४७ प्रतिशतभन्दा बढी हो।

यसपटक समानुपातिकतर्फ ६ वटा दलले मात्र सिट पाउने देखिएका छन्। नेपाली कांग्रेस ले समानुपातिकबाट २० सिट पाउने सम्भावना छ भने प्रत्यक्षमा १८ सिट जितेकाले कांग्रेसको कुल सिट संख्या ३८ पुग्नेछ। कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५४ हजार ५२ मत प्राप्त गरेको छ। अघिल्लो प्रतिनिधि सभामा कांग्रेसको ८९ सिट रहेको थियो।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ। प्रत्यक्षमा ९ सिट जितेको एमालेको कुल सिट संख्या २५ पुग्नेछ। एमालेले समानुपातिकतर्फ १४ लाख ५१ हजार ७५९ मत प्राप्त गरेको छ, जुन अघिल्लो चुनावको तुलनामा निकै कम हो।

नेपाल कम्युनिस्ट पार्टी ले समानुपातिकबाट ९ सिट पाउने देखिएको छ भने प्रत्यक्षमा ८ सिट जितेकाले कुल १६ सिट हुने सम्भावना छ। उक्त पार्टीले समानुपातिकतर्फ ८ लाख ८ हजार ५८२ मत प्राप्त गरेको छ।

नयाँ दल श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले समानुपातिकबाट ४र४ सिट पाउने देखिएको छ। श्रम संस्कृतिले प्रत्यक्षमा ३ सिट जितेकाले कुल ७ सिट हुनेछ भने राप्रपाले प्रत्यक्षमा १ सिट जितेकाले कुल ५ सिट हुनेछ। श्रम संस्कृति पार्टी चार महिनाअघि मात्र गठन भएको दल हो।

यस चुनावमा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी भने प्रतिनिधिसभामा सिटविहीन भएका छन्। ती दलहरूले समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत
फ्ल्यास हेडिङ

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत

कार्तिक १९, २०८३
विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान
फ्ल्यास हेडिङ

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

कार्तिक ४, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच
फ्ल्यास हेडिङ

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

अशोज ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

एनपीएलमा लुम्बिनीको लगातार तेस्रो जित

कार्तिक १९, २०८३
आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन छैन : गगन थापा

कार्तिक १९, २०८३
दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

दोहोरो अङ्कले घट्यो नेप्से, कारोबारमा पनि कमी

कार्तिक १९, २०८३
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

कार्तिक १९, २०८३
कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कर्णालीको पर्यटन विकासमा १२ अर्ब ३१ करोड बजेट, पाँच पदयात्रामार्ग निर्माणको योजना

कार्तिक १९, २०८३
संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

संघीयताको समीक्षा गर्दै संविधान संशोधनमा बहस गर्नुपर्छ : मुख्यमन्त्री शाही

कार्तिक १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व