Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देहरादूनमा हुने अन्तर्राष्ट्रिय विज्ञान सेमिनारमा सार्क एजुकेसन फाउन्डेसनका विद्यार्थी सहभागी हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन १३, २०८२
देहरादूनमा हुने अन्तर्राष्ट्रिय विज्ञान सेमिनारमा सार्क एजुकेसन फाउन्डेसनका विद्यार्थी सहभागी हुने
0
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरस्थित सार्क एजुकेसन फाउन्डेसनका कक्षा ११ विज्ञान सङ्कायका विद्यार्थीहरू भारतको देहरादूनमा आयोजना हुने दुई दिने उच्च स्तरीय विज्ञान सेमिनारमा सहभागी हुने भएका छन्।

फेब्रुअरी २७ र २८ तारिखमा सञ्चालन हुने उक्त सेमिनारमा सहभागी हुन फाउन्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतको नेतृत्वमा विद्यार्थीहरूको टोली त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छ। उत्तराखण्ड स्टेट काउन्सिल फर साइन्स एण्ड टेक्नोलोजी (UCOST) का महानिर्देशक डा. दुर्गेश पन्तको विशेष निमन्त्रणा र रे (RAY) फाउन्डेसनको सहकार्यमा कार्यक्रममा सहभागी भएर विद्यार्थीहरूले वैज्ञानिकहरूसँग भेटघाट गर्ने, प्यानल छलफलमा भाग लिने र आफ्ना प्रस्तुति दिने अवसर पाउनेछन्।

सेमिनारको पहिलो दिन विद्यार्थीहरूले विज्ञान र प्रविधिका विभिन्न विषयमा ख्यातिप्राप्त विशेषज्ञ र वैज्ञानिकहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नेछन् भने प्यानल छलफलमा समेत आफ्नो सक्रिय सहभागिता जनाउनेछन्। कार्यक्रमको दोस्रो दिन विद्यार्थीहरूले आफ्ना मौलिक प्रोजेक्ट, अनुसन्धान र आविष्कारहरू प्रस्तुत गर्दै अन्य सहभागीहरूसँग अनुभव साटासाट गर्ने अवसर पाउनेछन्।

फाउन्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले आफ्ना विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक मञ्च उपलब्ध गराउनु गौरवको कुरा भएको बताउनुभयो। उहाँले यस सेमिनारले विद्यार्थीहरूलाई विश्वविख्यात वैज्ञानिकहरूसँग प्रत्यक्ष संवाद गर्ने र आफ्ना नवीनतम् अनुसन्धानहरू प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्ने बताउनुभयो। साथै, यस्ता गतिविधिले विद्यार्थीको किताबी ज्ञानलाई व्यवहारिक रूप दिँदै उनीहरूमा अनुसन्धान गर्ने क्षमता र आत्मविश्वासको विकास गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।

सहभागी विद्यार्थीहरूका अनुसार यो सेमिनारले उनीहरूलाई विज्ञान र प्रविधिका क्षेत्रमा भइरहेका नयाँ सोच र विश्वव्यापी अनुसन्धानका ट्रेन्डहरूसँग परिचित गराउन महत्वपूर्ण भूमिका खेल्नेछ। विद्यालय प्रशासनले यस किसिमको अन्तर्राष्ट्रिय प्लेटफर्मले विद्यार्थीहरूको सिर्जनात्मकता र वैज्ञानिक दृष्टिकोणको विकास गर्नुका साथै उनीहरूमा अनुसन्धान क्षमता र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन
देश/राष्ट्रिय

सार्क एजुकेसन फाउन्डेसनमा महिनाको अन्तिम शुक्रबार मौलिक पहिरन

साउन ३०, २०८३
कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट
देश/राष्ट्रिय

कञ्चनपुरकी हेमन्ती महर डेनमार्कमा पूर्ण छात्रवृत्तिमा छनोट

साउन २९, २०८३
नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप
देश/राष्ट्रिय

नोट स्विफ्टले सार्वजनिक गर्‍यो नयाँ अपडेटेड एप

साउन २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व