Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजदेखि छठ पर्वको धमाधम सुरु सरी मनाइन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ७, २०८२
आजदेखि छठ पर्वको धमाधम सुरु सरी मनाइन्छ ?
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : तिहार पर्वको समापनसँगै आजदेखि छठ पर्वको धमाधम तयारी सुरु भएको छ । मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ। सूर्य तथा छठीमाताको पूजाका लागि पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण, बत्ती जडान गर्न लागिएको छ।

तराई मधेसका बजारमा छठ पूजाको लागि चाहिने पूजा तथा प्रसाद सामग्री, माटोका तथा अन्य भाडाँवर्तन, लत्ता कपडा लगायतको किनमेल बढेको छ। अदुवा, मुला, केरा, माटोका भाडा र बाँसको चोयाबाट बनेका सामाग्रीहरु बिक्रीका लागि राखिएका छन् । छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा पानीसहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, बोटसहितको अदुवा, स्याउ, केरा, सुन्तला, सिजनका फलफूल र तरकारीहरू हुन् ।

छठ पूजामा खास गरी सूर्य भगवान र छठी माताको पूजा आरधाना गरिन्छ। कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथीबाट छठ पूजाको व्रत प्रारम्भ हुन्छ।

पहिलो दिन चौथी तिथीका दिन बिहान व्रतालुहरू घर नजिकको ताल, पोखरी वा नदिमा गई नहुाइधुवाइ गरी चोखो भइ प्याज र लसुनसमेत नमिसाइएको शुद्ध शाकाहारी एंव सात्वीक भोजन ग्रहण गर्छन्। यस दिनलाइ भोजपुरी र मैथली भाषामा नहाए खाएके दिन भनिन्छ।

दोस्रो दिन भोलिपल्ट पञ्चमीका दिनलाइ खरना र रसियाव रोटीको दिन भन्ने गरिन्छ। यस दिन साँझ पख माटाले बनाइएको नयाँ एंव चोखो चुल्होमा व्रतालुहरूले आँपको रुखको दाउरा बालेर त्यसमा गुण ९भेली० र चामल मिसाएर बनाइएको खीर ९रसियाव० र गहुको पिठोबाट बनाइएको रोटीको प्रसाद तयार पार्दछन्।

चौथीका दिनदेखि उपवास बसेका व्रतालुहरूले उक्त प्रसाद ९रसीयाव र रोटी० चुल्होकै छेउमा अग्नि ९आगो० मा चढाएर छठी माताको पूजा आरधान गर्छन्।

त्यसपछि प्रसादको केही अंश गाईलाइ खुवाएपछि बाँकी प्रसाद आफूले ग्रहण गरी परिवारका सदस्यहरूलाइ खान दिन्छन्। रसीयाव र रोटीको प्रसाद ग्रहण गरेपछि व्रतालुको ३६ घण्टे निराहार र निर्जल उपवास सुरु हुन्छ।

मधेसका संस्कृतिविद् उमांकर द्विवेदी भन्छन्, ुछठ पर्व कठोर तपस्याको पर्वको हो, यो पर्व अवधिमा धार्मिक विधिमा थोरै पनि चुक नहोस् भनेर व्रतालु मात्र नभई घरपरिवारका सबै सदस्य अत्यन्त सजग हुन्छन्, खानपानदेखि घरको सरसफाइसम्म हरेक ससाना कुरामा पनि निक्कै ध्यान दिने गरिन्छ।

खरनाको भोलिपल्ट अर्थात षष्ठी तिथिको दिनलाइ छठ पर्वको मुख्य दिन मानिन्छ। यस दिनलाइ सँझिया घाटे भनिन्छ।
त्यस दिन व्रतालुहरू दिउँसोको समयमा नुहाइ धुवाइ गरी नयाँ चोखो बस्त्र पहिरेर छठ पूजाका लागि नदि, पोखरी, तलाय इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन्। घरपरिवारका सबै सदस्य पनि नुहाइधुवाइ गरी चोखो भइ नयाँ लुगा लगाएर छठीघाटमा पुग्छन्।

छठीघाटमा चोखो माटाले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर व्रतालुहरूले छठी माता र सूर्यभगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन्। त्यसपछि साँझ पख अस्ताउँदै गरेका सूर्य भगवान र छठी मातालाइ व्रतालुहरूले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछता, पात सहितको मूला लगायतका फलफूल र प्रसाद राखेर अर्घ ९पूजा ० दिन्छन्। सूर्य अस्त पछि व्रतालुहरू छठी माताको पारम्परिक गीत गाउँदै आआफनो घर फर्किन्छन्।

षष्ठीको बेलुकी छठ पूजा गरिएका घरमा कोशी भर्ने ९माटोको कलश र हात्ती आकृतिको मूर्तिको पूजा० चलन पनि छ। यो सबै व्रतालुलले गर्दैनन्। जसले भाकल गरेको हुन्छ, उसैले षष्ठीका दिन बेलुकी घरको आँगनमा कोशी भर्ने गर्छन्।

कोशीका लागि घरको आँगनमा नौ वा १३ वटा हरियो उखु ९पात सहितको ० लाई मुठा बनाएर फेदको पातको तल चोखो वस्त्रले बाधेर उल्टो पिरामिडको आकारमा छठ्याइन्छ। उखुको बिचमा माटाले बनाइएको कलश र हात्तीको आकृतिको मूर्ति राखन्छ।

हरेक उखुको फेदमा माटोको ढकनी राखेर त्यसमा छठीमाताका लागि बनाइएको प्रसाद र फलफूलहरू राखिन्छ। यस्तै ती प्रत्येक ढकनीमा माटोको दियो बालेर पनि राखिन्छ।

त्यसपछि व्रतालु र घरपरिवारका साथै छरछिमेकले उखु ठडयाइएको स्थानलाइ तीन वा पाच पटक परिक्रमा गर्दै धुप तथा जल अर्पण गर्दै भुइँमा शिर छुवाएर पूजा आरधाना गरिन्छ। त्यसबेला महिलाहरूले छठीमाताको पारम्परिक गीत पनि गाउँदै आर्शीवाद माग्छन्।

षष्ठीको मध्यरातमा परिवारका पुरुष सदस्यहरूले कोशीमा पूजा गरिएको उखु र पूजन सामग्री एंव प्रसाद लिएर छटघाट बनाइएको जलाशय छेउमा लिएर जान्छन्। त्यहाँ पनि आँगनमा गरिएको विधि जस्तै उखुलाइ छठयाएर दियो र धुप बाली पूजापाठ गरिन्छ।

त्यसपछि कोशी ९माटाको कलश र हात्ती आकृतिको मूर्ति० जलाशयमै डुबाएर उखु र अन्य प्रसाद लिई उनीहरू घर फर्किएपछि छठको निराहार निर्जल व्रत लिएका रातिको तेस्रो प्रहरमै व्रतालुहरू फेरि नुहाइ धुवाइ गरी चोखो भई पुजा सामग्री र प्रसाद लिएर सूर्योदय नहुँदै छठ घाटमा पुग्छन्।

सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान्, छोराछोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि छठी मातासँग अनुनय विनय गर्छन्।

सप्तमी तिथिका दिन बिहान सूर्योदयभन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठघाटको जलशायमा पस्छन् र सूर्योदय हुने क्रममा उनीहरूले सूर्य र छठीमातालाइ अर्घ दिन्छन्।

सूर्यलाइ अर्घ दिए पछि छठघाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दुर लगाई दिन्छन्।
त्यसपछि उनीहरू आआफनो घर फर्किन्छन्। उदाउँदो सूर्यलाइ अर्घ दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ। यस दिनलाइ परना भन्ने चलन छ। अन्नपूर्णपोष्ट बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व