Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भिभो भि६० नेपालमा सार्वजनिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १३, २०८२
भिभो भि६० नेपालमा सार्वजनिक
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं : विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप भिभो भि ६० नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

भिभो भि६० ले जाइस् प्रविधियुक्त क्यामेरा इनोभेसन, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको छ। आधिकारिक सार्वजनिक कार्यक्रम हायात सेन्ट्रिक काठमाडौंमा आयोजना गरिएको थियो, जसमा मिडिया प्रतिनिधिहरू, इन्फ्लुएन्सरस् र राष्ट्रिय वितरकहरूको उपस्थिति रहेको थियो।

जाइस् अप्टिकल स्ट्यान्डर्ड अनुसार बनेको भिभो भि६० मा ५० मेगापिक्सेलको जाइस् सुपर टेलिफोटो क्यामरा रहेको छ, जसले टाढाबाट पनि स्पष्ट पोट्र्रेट खिच्न सक्दछ। यसको १०ह टेलीफोटो स्टेज पोट्र्रेटले चहकिलो स्टेज लाईटमा पनि उत्कृष्ट प्रदर्शन गर्दछ, जबकि पाँच फरक फोकल लेन्थ ९२३ मिमि–१०० मिमि० ले प्रयोगकर्ताहरूलाई हरेक परिदृश्यलाई अझ सटीक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिन्छ।

एआई इमेज स्टुडियोले भि६० को सिर्जनात्मक सम्भावनाहरू थप बढाएको छ। यसमा रहेको एआई फोर सीजन पोट्र्रेट मार्फत वसन्त, गर्मी, शरद वा जाडो—चारै ऋतु अनुरूप परिवेशलाई तुरुन्तै पुनः कल्पना गर्न सकिन्छ। क्यामरा सेटअपमा थप रूपमा ५० मेगापिक्सेलको जाइस् मुख्य क्यामरा, ८ मेगापिक्सेलको जाइस् अल्ट्रा वाइड–एङ्गल क्यामरा, र ५० मेगापिक्सेलको जाइस् ग्रुप सेल्फी क्यामरा रहेको छ। यी सबैलाई अल्ट्रा क्लियर फोर के भिडियो र सुधारिएको एआई औरा लाईट सिस्टमले अझ प्रभावशाली बनाएको छ, जसले कम प्रकाशमा समेत उत्कृष्ट परिणाम दिन्छ।

डिजाइनको दृष्टिले, भि६० मा इक्वेल देप्थ क्वाड–कर्भ डिस्प्ले राखिएको छ, जसले स्लिम बेजल सहित सहज र आकर्षक दृश्य अनुभव प्रदान गर्छ। पछाडिको स्टार ट्रायल क्यामरा मोड्युलले यसको मिनिमलिस्टिक डिजाइनलाई थप सुन्दर बनाएको छ। यो स्मार्टफोन दुई आकर्षक रङमा मिस्ट ग्रे र बेरी पर्पलमा उपलब्ध हुनेछ।

सुदृढताका दृष्टिले, भिभो भि६० मा डायमण्ड शिल्ड ग्लासको प्रयोग गरिएको छ। यसमा रहेको आई पी ६८÷६९ रेटिङको साथ भिभोको नयाँ वानट्याप व्याटर इजेक्सन र डस्ट रिमोवल फिचरले यसलाई अझ धुलो र पानी प्रतिरोधी बनाउँछ। शक्तिशाली ६५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले दिनभरि सहजै साथ दिन्छ। प्रदर्शनतर्फ, यसलाई नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ चिपसेट र १२ ं १२ जि बी को विस्तारित र्‍यामले सहज र छरितो अनुभव प्रदान गर्छ।

भिभो भि६० को नेपालमा प्रि–बुकिङ अगस्ट २९ देखि सेप्टेम्बर २ ९भदौ १२–१६० सम्म खुला हुनेछ र पहिलो बिक्री सेप्टेम्बर ३ ९भदौ १७० बाट बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ। प्रि–बुकिङ गर्ने ग्राहकहरूले भिभो इयरबड्स उपहारस्वरूप प्राप्त गर्नेछन्।

मूल्य तथा उपलब्धताः
१२ जि बी ं २५६ जि बीस् ७० हजार ९९९
१२ जि बी ं ५१२ जि बीस् ७५ हजार ९९९

भिभो भि६० ०५ ईएमआईमा पनि उपलब्ध हुनेछ, जसमा ४०५ डाउनपेमेन्ट सहित एक वर्षसम्म किस्तामा भुक्तानी गर्न सकिने सुविधा रहेको छ। यसका अतिरिक्त, ग्राहकहरूले भीभोको आधिकारिक एक्सचेन्ज प्लेटफर्म ‘नयापुराना’ मार्फत आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ भीभो भी६० सँग साट्न सक्छन्। लन्च अफरको रूपमा, भीभो भी६० मा अपग्रेड गर्दा ग्राहकहरूले आफ्नो पुरानो उपकरणको मूल्याङ्कनमा अतिरिक्त २ हजार प्राप्त गर्नेछन्। हाल यो सुविधा १०० भन्दा रिटेल स्टोरहरूमा उपलब्ध छ र निकट भविष्यमा अझ विस्तार गर्ने योजना रहेको छ। -अन्नपूर्ण

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।
अर्थ/ब्यापार

सुनको भाउ लगातार घट्दै

असार १०, २०८३
शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे
अर्थ/ब्यापार

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

असार ९, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव
अर्थ/ब्यापार

सुनको भाउ घट्यो, तोलामा १ हजार ६०० रुपैयाँ

असार ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व