Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यातायात व्यवसायीका महासङ्घद्वारा इम्बोस्ड नम्बर प्लेट जडानको विरोध

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र १०, मंगलवार ०७:५१
यातायात व्यवसायीका महासङ्घद्वारा इम्बोस्ड नम्बर प्लेट जडानको विरोध
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने जनाएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले निकालेको विज्ञप्तिमा देशभर रहेका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट लगाउने प्रविधिको विकास नभएकाले तत्काल निर्णय कार्यान्वयन गर्न नसकिने उल्लेख छ ।

यस्तै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पनि इम्बोस्ड नम्बर प्लेट तत्कालै जडान गर्न नसकिने जनाएको छ । महङ्संघले अव्यावहारिक विषयहरू संशोधन नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने विज्ञप्तिमार्फत जनाएको छ । जबरजस्ती प्लेट जडान गर्न खोजिएमा हुने विरोध र दबावका गतिविधिको जिम्मेवार स्वयं सरकार नै हुने समेत महासङ्घले चेतावनी दिएको छ ।

नेपाली भाषा तथा आवश्यक पूर्वाधारविना नै नागरिक र सिङ्गो यातायात व्यवसायमा आर्थिक भार हुने गरी एकपक्षीय रूपमा सरकारले गरेको निर्णय लागू गर्न नसक्ने महासङ्घको अडान छ ।

इम्बोस्ड लागू भएको ९ वर्षसम्म पूर्ण कार्यान्वयन हुन नसकेको अवस्था छ । प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेट सरकारले आउँदो असोज १ गतेदेखि अनिवार्य लागू गर्ने जनाएको छ । तर त्यसबारे आलोचना भइरहेको छ ।

यातायात व्यवस्था विभागले यसअघि नै सार्वजनिक सूचना निकालेर प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयमा गाडी दर्ता, नामसारी र नवीकरण गर्न आउनेलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको छ ।

अहिलेसम्म झन्डै ८८ हजार नम्बर प्लेट जडान भएका छन् । यातायात विभागसँग १६ लाखभन्दा धेरै प्लेट बाँकी नै छन् । नम्बर प्लेट जडान गरेबापत सरकारले दुईपाङ्ग्रे गाडीलाई २ हजार ५ सय र ठूला गाडीका लागि ३ हजार ६ सय रुपैयाँ शुल्क तोकेको छ । यसबाट ७० प्रतिशत कम्पनीलाई भुक्तानी हुन्छ भने ३० प्रतिशत सरकारी राजस्वमा जाने विभागले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा
अर्थ/ब्यापार

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०८२ भाद्र १०, मंगलवार ०७:५१
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो
अर्थ/ब्यापार

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ भाद्र १०, मंगलवार ०७:५१
नेप्से परिसूचक २६ अङ्कले घट्यो
अर्थ/ब्यापार

नेप्से परिसूचक २६ अङ्कले घट्यो

२०८२ भाद्र १०, मंगलवार ०७:५१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

२०८२ भाद्र १०, मंगलवार ०७:५१
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

२०८२ भाद्र १०, मंगलवार ०७:५१
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

२०८२ भाद्र १०, मंगलवार ०७:५१
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०८२ भाद्र १०, मंगलवार ०७:५१
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०८२ भाद्र १०, मंगलवार ०७:५१
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०८२ भाद्र १०, मंगलवार ०७:५१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व