कैलाली । जिउदै स्वर्गको आभास हुने। त्यहा पुगेकाले देख्छन जमिन बाटै उफ्रेर छु जस्तो लाग्ने बादल,शिरको माथी बाट हिन्ने घाम ,मन छोएर जाने बतासले सबैलाई एक पल जिउर्द स्वर्ग आभास दिलाउने बाजुराको बडीमालिकाशब्दले सुन्दरताको व्याख्या जति गरे पनि अपूर्ण नै हुने बडीमालिका फाँटहरुका दृष्य हेर्दा जो कोहीलाई पनि लोभ्याउँछन्। जति हेरे पनि आँखा थाक्दैनन्, जति रमाउँदा पनि मन अघाउदैन। जति समय घुमे पनि धित नमर्ने २२ पाटन क्षेत्र घुमाइ अधुरै हुन्छ।

मार्तडी बाट उकालो बाटो छाड्दै सोता पाटन, घोडे पाटन, भित्ता चिन्ना भन्दा माथि वृक्षहरु छैनन्। टुन्ड्र वनस्पति, बुट्यान फूल फूलहरुले दह अर्थात पाटन र अग्ला गोलाकार डाडाहरुका ति मनमोहक दृस्य।

त्रिवेणी पाटन क्षेत्रसम्म नपुग्दा हिँड्नु पर्ने ठाडो उकालो ओरालो स्याना स्याना भीरको बाटो ठाउ ठाउमा बनाइएका पूजा थान हरु आहा । सदरमुकाम मार्तडीबाट करिब दुई दिनको पैदल यात्रापछि मात्रै त्रिवेणी पाटन क्षेत्र पुग्न सकिन्छ भने । पहिले तुलनामा अहिले धेरै समस्याहरु छैनन् मेलाको समयमा पहिले केहि स्थानमा मात्र खाना, नास्ता पाउथ्यो भने ।अहिले खाना नास्ता तथा बाश को समस्या हट्दै गएको छ। किन भने मेलाको समयमा भेडे गोठ सिमित हुन्थ्यो पहिले अहिले भने ब्यबसायको लागि अस्ताई त्रिपालको छाना हरु परस्त बनाइएको पाइनछ। अन्य समयमा भने आफैले खाना र खाजाको व्यवस्था पनि गर्नुपर्ने हुन्छ।प्रकृतिको आनन्दले त्रिवेणी पाटनका सुन्दर फाट चौतफी भेडाका बथान आखाका धित मर्ने दृश्य,झपक्क मय आउने जाने कुहिरोका झल्काहरु,गलैचा ओछाए झै लाग्ने ती खेतीबेतीका मनोरम दृश्यले बाटोको दुःख बिर्सिन्छ। त्रिवेणीबाट उकालो चढ्दा, पालमुनी रात काट्दा, हेरि नसक्नु चट्टानदार ओरालोको यात्रा गर्दा फेरि कष्टले थप दुखित तुल्यान्छ।

बडीमालिकामा प्राचीन कालदेखि नै हो हरेक वर्ष जनै पुर्णीमा भन्दा अघी चतुदर्शीका दिन यस मन्दिरमा बडिमालिका माताको ठुलो पूजाआजासहित मेला लाग्छ। बडीमालिकाको पूजाआजा सकेर नाटेश्वरी मन्दिरमा जैनै पूर्णिमाका दिन जनै र रक्षा धारणा गरेर कालिका मातालाई बोकाको बली दिएपछि मेला सकिन्छ।

यो बडिमालिका छेत्र त्रिबेणी नगरपालीकामा अवस्थित छ भने नगरपालिकाको साउन ६ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक सूचना जारी गर्दै २१ गते देखि २३ गते सम्म बिदा दिने निर्णय भएको जानकारी दिएको होबडीमालिका क्षेत्रको प्रवद्र्धन र विकास गर्न सके यहाँका स्थानीयले पूजाआजाका समाग्री मात्रै बचेर नै जीवन गुजारा गर्न सक्ने अवस्था छ। सुन्दरताले स्वर्ग जस्तै लाग्ने बडीमालिका संरचना, सुविधा र असहजताले कठिनपूर्ण यात्राको गन्तव्य बनेको छ।












Discussion about this post