Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरको १ अर्ब ९३ करोड बढीको बजेट पारित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ११, २०८२
छोरी–बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति सहित भीमदत्त नगरको १ अर्ब ९३ करोड बढीको बजेट पारित
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

कुन्दन पाण्डेय, कञ्चनपुर । भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ९३ करोड ८३ लाख २३ हजार ३ सय १९ रुपैयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । मंगलबार नगरपालिकाको नगर सभा हलमा बसेको १७औँ नगरसभाको बैठकबाट यो नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित भएको हो ।

नगरपालिकाले ल्याएको बजेटको मुख्य विशेषतामा छोरी–बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम प्रमुख रहेको छ । आर्थिक अभावका कारण कुनै पनि छोरी–बुहारी उच्च शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख पदम बोगटीका अनुसार, बजेटको स्रोतमा आन्तरिक आयबाट ३३ करोड, संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान २३ करोड ९१ लाख, प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान २ करोड ३७ लाख ६० हजार, संघीय सरकारबाट सशर्त अनुदान ५३ करोड २९ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँडको १७ करोड २२ लाख ६३ हजार ३ सय १९ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडको ८४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यसका साथै विशेष अनुदान (संघीय सरकारबाट) ७८ लाख, विशेष अनुदान (प्रदेश सरकारबाट) ६० लाख, सडक बोर्ड नेपालबाट १ करोड, सामाजिक सुरक्षातर्फ ५७ करोड, क्षेत्रीय शहरी विकास आयोजनाबाट २० लाख र नगद मौज्दात २ करोड बजेटको स्रोतका रूपमा रहनेछन् ।

यसपटकको बजेटमा भीमदत्त नगरपालिकाले विविध क्षेत्रलाई समेटेको छ । निःशुल्क शव वाहन सेवा सञ्चालन गरिनेछ, जसले नगर क्षेत्रभित्र शवयात्राका लागि शव वाहनको प्रयोग निःशुल्क बनाउनेछ । शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीहरूको रचनात्मकता प्रस्फुटनका लागि विद्यालयहरूमा ‘बुक फ्रि फ्राईडे’ कार्यक्रम सञ्चालन गरिनेछ । सामाजिक न्यायको दृष्टिकोणले नगरपालिकाको दुर्गम क्षेत्र, अति विपन्न, दलित, लोपोन्मुख जाति, द्वन्द्वपीडित, महामारी तथा विपद् प्रभावित, हिंसामा परेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र सहाराविहीन व्यक्तिहरूका लागि ‘मेयर अन द स्पट’ कार्यक्रम लाई निरन्तरता दिइएको छ ।

नगरवासीको अत्यावश्यक माग, आवश्यकता र समस्या सम्बोधन गर्न ‘नगरप्रमुख पूर्वाधार विकास कार्यक्रम’ ल्याइएको छ । सार्वजनिक जग्गाको संरक्षणका लागि नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरूको पहिचान, संरक्षण र लगत तयार गरी अतिक्रमित जग्गा क्रमशः खाली गराई संरक्षण गरिनेछ । वातावरणमैत्री नगर बनाउने उद्देश्यले भीमदत्त नगरपालिकालाई विषादीमुक्त बनाउन प्राङ्गारिक एवम् जैविक मल उत्पादन गर्ने किसानलाई प्रोत्साहन गरिनेछ । शैक्षिक क्षेत्रमा थप सहयोग पुर्याउन ‘विद्यार्थीसँग मेयर कार्यक्रम’ र ‘जेहेनदार विद्यार्थी छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत नगर क्षेत्रका विद्यालयहरूबाट अध्ययन गरेका विपन्न तथा जेहेनदार विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

स्वास्थ्य सेवामा पनि नगरपालिकाले ध्यान दिएको छ । ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रम लाई निरन्तरता दिइनेछ । प्रसूति सेवा केन्द्रबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्दै संस्थागत प्रसूति सेवा प्रोत्साहन गर्न गर्भवती सुत्केरीहरूका लागि नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा लाई निरन्तरता दिई प्रभावकारी बनाइनेछ । समग्रमा, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

नगरप्रमुख तथा नगरसभा अध्यक्ष बोगटीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई नगरसभा सदस्यहरूले सर्वसम्मतले पारित गरेका छन् । बैठकमा नगर सदस्यहरूले उठाएका विषय र सुझावहरूलाई यथासम्भव समावेश गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने विश्वास नगरप्रमुख बोगटीले व्यक्त गरेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले
अर्थ/ब्यापार

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा
अर्थ/ब्यापार

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो
अर्थ/ब्यापार

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व