Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलाको बिष्ट परिवार: एकै घरका तीन दाजुभाइ नेपाली सेनामा

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ २७, २०८२
दार्चुलाको बिष्ट परिवार: एकै घरका तीन दाजुभाइ नेपाली सेनामा
0
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – दार्चुलाको लेकम गाउँपालिका-१, सर्मोली (कोठार) मा रहेको बिष्ट परिवार यतिबेला चर्चाको शिखरमा छ। एउटै कोखबाट जन्मिएका तीन दाजुभाइ नेपाली सेनामा कार्यरत हुनु, र त्यसमाथि परिवारका अन्य सदस्यहरू पनि विभिन्न सुरक्षा निकायमा आवद्ध हुनुले यो परिवार देश सेवामा पूर्ण रूपमा समर्पित भएको देखिन्छ।

बुवा सुनपति बिष्ट र आमा तिला देवी बिष्टका छोराहरू सुरेश सिंह बिष्ट, चन्द्र सिंह बिष्ट र दीपक बिष्ट नेपाली सेनामा कार्यरत छन्। जेठा छोरा सुरेश सिंह बिष्ट रसुवाको श्री श्रीनाथ गणमा अमल्दार पदमा कार्यरत छन्। २०६९ सालमा सैन्य पदबाट भर्ना भएका सुरेश कुशल, कर्तव्यनिष्ठ र साहसी कर्मचारीका रूपमा चिनिन्छन्। उनले विभिन्न विपद् व्यवस्थापन कार्यमा उद्धारको भूमिका निर्वाह गरिसकेका छन् र छिट्टै पदोन्नतिका लागि लाइनमा रहेको बताइन्छ।

माइला छोरा चन्द्र सिंह बिष्ट रुपन्देही (बुटवल) को श्री कीर्तिदल गणमा प्युठ पदमा कार्यरत छन्। २०७४ सालमा सैन्य पदबाट संगठनमा भर्ना भएका चन्द्र प्राकृतिक प्रकोपमा प्रशंसनीय काम गर्ने कर्मचारीका रूपमा परिचित छन्। कान्छा छोरा दीपक बिष्ट भने भर्खरै २०८२ सालमा सैन्य पदमा भर्ना भई डडेल्धुराको श्री अर्जुनबाण गणमा सैन्य आधार तालिम लिइरहेका छन्।

दार्चुलाको लेकममा एउटै परिवारबाट तीन जना दाजुभाइ नेपाली सेनामा आबद्ध भएको यो नै एक मात्र उदाहरण हो। यो परिवारको देश सेवाप्रतिको समर्पणले गाउँदेखि देशभरका युवाहरूलाई संगठनप्रति प्रेरणा मिल्ने विश्वास गरिएको छ।

बिष्ट दम्पतिका चारै छोराले दार्चुला लेकमको श्री बडिपुर मा.वि. सर्मोलीबाट एसएलसी उत्तीर्ण गरेका छन् र प्रविणता तहदेखि उच्च शिक्षासम्मको अध्ययन गरेका छन्।

जेठा, माइला र कान्छा छोरा सेनामा हुँदा साइँला छोरा नरेन्द्र बिष्ट पनि कम छैनन्। उनी शैक्षिक संस्थामा आबद्ध रही लोक सेवा आयोगका कक्षाहरू पढाउँदै आइरहेका छन्। संघीय र प्रदेश निजामती सेवाको दुई पटक वेटिङ लिस्टमा परेका नरेन्द्रले हालै लुम्बिनी प्रदेशबाट लोक सेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेका छन्। प्रशिक्षक पेशामा राम्रो हुँदाहुँदै पनि निजामती सेवामा प्रवेश गर्ने उनको इच्छा छ।

सुनपति बिष्टका भाइहरूका छोराहरूले पनि देश सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। बुवा शम्भु सिंह बिष्ट र आमा बिन्दा देवी बिष्टका जेठा छोरा भरत सिंह बिष्ट बैतडी जिल्लामा प्रहरी सहायक हवल्दार पदमा कार्यरत छन् भने सहोदर भाइ प्रेम बिष्ट प्रहरी सहायक निरीक्षक (एएसआई) पदमा भर्ना भई हाल काठमाडौंमा कार्यरत छन्।

सुनपतिका अन्य भाइका छोराहरू धिरेन्द्र बिष्ट डडेल्धुरामा सशस्त्र प्रहरी सहायक हवल्दार, भानु बिष्ट डडेल्धुरामा प्रहरी जवान, बिरेन्द्र बिष्ट डोटीमा सशस्त्र प्रहरी जवान र भीम बिष्ट स्याङ्जामा नेपाली सेनाको प्युठ दर्जामा कार्यरत छन्।

परिवारको पछिल्लो पुस्ताले पनि देशका तीनवटै सुरक्षा संगठनबाट देशको सेवामा लागेको देख्दा बुवा सुनपति बिष्ट निकै खुसी छन्। उनले यो सेवालाई कायम राखि आउँदा पुस्तामा पनि निरन्तरता मिलोस् भन्ने कामना समेत गरेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

लोकसेवा विवादमा विद्यार्थीको कटाक्ष : पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए छैन जाऊ

साउन ११, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

साउन ११, २०८३
सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

सहकारी पीडितको माइतीघरमा प्रदर्शन, बचत फिर्ताको माग

साउन ११, २०८३
सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सांसद स्वकीय सचिव विवाद : अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

साउन ११, २०८३
अघिल्लो दिन ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढ्यो

सुन–चाँदीको भाउ फेरि बढ्यो

साउन ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व