Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मनसुन कोशीमै सीमित, बाँकी भू-भागमा फैलिन अझै केहि समय लाग्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १९, २०८२
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने शुक्रबार नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले कोशी प्रदेशमै सीमित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भू-भागमा पछिल्लो ६ घन्टामा छिटपुटदेखि हल्का वर्षा भएको छ। तर, देशभर मनसुन फैलिनका लागि आवश्यक वातावरण अझै निर्माण नभएकाले अन्य प्रदेशमा प्रभाव विस्तार हुन नसकेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। “न्यूनचापीय क्षेत्र पूर्वतिर सरेकाले मनसुन पनि पूर्वी भू-भागमा सीमित छ,” कँडेलले भनिन्, “हावाको दिशा, बादलको अवस्था र अन्य मौसमी घटकहरू मनसुन विस्तारका लागि अनुकूल छैनन्।”

महाशाखाले देशभरको वर्षा अवस्था, बादलको संरचना, र हावाको दिशा-गतिको विश्लेषणपछि मात्र मनसुनको प्रगतिको आधिकारिक घोषणा गरिने बताएको छ।

आजको मौसम पूर्वानुमान
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि महाशाखाले जनाएको छ।

रातिको समय पनि आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा र अन्यत्र एक-दुई स्थानमा राति समेत मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

मनसुन विस्तारमा ढिलाइ
सामान्यतया मनसुन नेपाल भित्रिएपछि एक साताभित्र देशभर फैलिन्छ। तर मौसमविद् कँडेलका अनुसार यसपटक मनसुन विस्तारमा केही दिन ढिलाइ हुनसक्छ। “कतिपय वर्षमा दुई/तीन दिनमै फैलिन्छ, तर अहिलेको अवस्थाले गर्दा अझै केही दिन लाग्ने देखिन्छ,” उनले भनिन्।

महाशाखाले नागरिकलाई मौसम अपडेटमा सतर्क रहन र वर्षासँग सम्बन्धित जोखिमप्रति सजग रहन आग्रह गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड
वातावरण

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

असार ३२, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
आज यी नदी–खोलामा बाढीको जोखिम
वातावरण

आज यी नदी–खोलामा बाढीको जोखिम

असार २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुन महँगियो, चाँदी सस्तो

साउन १४, २०८३
निर्वाचन आयोगलाई संघीय र प्रविधिमैत्री बनाउनुपर्ने : प्रेमप्रसाद दंगाल

निर्वाचन आयोगलाई संघीय र प्रविधिमैत्री बनाउनुपर्ने : प्रेमप्रसाद दंगाल

साउन १३, २०८३
निर्वाचन आयोगका योजना परिणाममुखी हुनुपर्छ : पद्मा अर्याल

निर्वाचन आयोगका योजना परिणाममुखी हुनुपर्छ : पद्मा अर्याल

साउन १३, २०८३
मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

साउन १३, २०८३
निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

साउन १३, २०८३
निर्वाचन आयोग निष्पक्ष ‘रेफ्री’ बन्नुपर्छ : वर्षमान पुन

निर्वाचन आयोग निष्पक्ष ‘रेफ्री’ बन्नुपर्छ : वर्षमान पुन

साउन १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व