कञ्चनपुर — कञ्नपुरमा डिजिटल शिक्षाको क्षेत्रमा नयाँ आयाम थप्दै महेन्द्रनगरमा पहिलो पटक प्रिमियम डिजिटल बजार प्रवर्द्धन कोर्स सुरु भएको छ। देवल टेक्निकल इन्स्टिच्युट प्रा.लि. र डिजी आइटी प्रा.लि. को सहकार्यमा सञ्चालित यो कोर्सले कञ्चनपुरमा डिजिटल शिक्षाको इतिहासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
देवल टेक्निकल इन्स्टिच्युटका सञ्चालक हिक्मत बुढाले यो कोर्स कञ्चनपुरमै पहिलो पटक सञ्चालन भएको दाबी गरेका छन्। “यो कोर्सले विद्यार्थीहरूलाई डिजिटल युगमा आवश्यक पर्ने सीपहरू प्रदान गर्नेछ,” उनले भने।
कोर्समा डिजिटल बजार प्रवर्द्धन, भिडियो सम्पादन, सामग्री सिर्जना, ग्राफिक डिजाइन, स्क्रिप्ट लेखन, स्वतन्त्र काम (फ्रिल्यांसिङ) र नरम सीपहरू जस्ता महत्त्वपूर्ण विषयहरू समेटिएका छन्। यो कोर्सले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप प्रदान गर्ने लक्ष्य राखेको छ।
डिजी आइटी प्रा.लि. सँगको सहकार्यले विद्यार्थीहरूलाई शतप्रतिशत इन्टर्नसिप र रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता गरिएको छ। “डिजी आइटी जस्तो अनुभवी संस्थासँगको सहकार्यले हामी विश्वस्त छौँ कि विद्यार्थीहरूले सिकाइसँगै रोजगारीका अवसर प्राप्त गर्नेछन्, साथै हामिले शतप्रतित जब ग्यारेन्टी समेत प्रदान गर्नेछौं” सञ्चालक बुढाले थपे। यो पहलले शिक्षा र रोजगारीबीचको खाडललाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कोर्सले सुदूरपश्चिमका युवाहरूलाई डिजिटल क्षेत्रमा आत्मनिर्भर बनाउन र उनीहरूको करियर निर्माणमा सहयोग पुर्याउने विश्वास लिइएको छ।










Discussion about this post