Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री ओलीले भने- आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ १५, बिहीबार ०८:१३
प्रधानमन्त्री ओलीले भने- आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले १८औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन्। गणतन्त्रको उपलब्धि जनताको लामो संघर्ष र बलिदानको परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नागरिक स्वाभिमानको दिवसका रूपमा गणतन्त्र दिवसको महत्व व्याख्या गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै भने, ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज। मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन।’ उनले सात दशक लामो जनआन्दोलन र बलिदानीपूर्ण सङ्घर्षपछि प्राप्त यो विजयलाई सबै नेपालीले गर्वका साथ स्मरण गर्नुपर्ने उल्लेख गरे।

टुँडिखेलमा विशेष समारोह
१८औं गणतन्त्र दिवसको अवसरमा मूल समारोह समितिको आयोजना तथा नेपाली सेनाको संयोजनमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, विशिष्ट अतिथि, कूटनीतिक नियोगका प्रतिनिधिसहित सर्वसाधारणको उपस्थिति रहने छ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्काउट, विद्यार्थी समूहको परेड प्रदर्शनसँगै विविध सांस्कृतिक प्रस्तुति, झाँकी तथा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको छ।

देशभर विविध कार्यक्रम
गणतन्त्र दिवसका अवसरमा देशभरका सरकारी कार्यालय, विद्यालय, संघसंस्थाहरूमा प्रभातफेरी, र्‍याली, वक्तृत्वकला, निबन्ध लेखन प्रतियोगिता, झण्डोत्तोलन, र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूले पनि आ–आफ्नो देशमा विशेष कार्यक्रम आयोजना गरी नेपाली समुदायसँग गणतन्त्र दिवस मनाइरहेका छन्। नेपालमा २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरिएको थियो। त्यसयता हरेक वर्ष यो दिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइँदै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन
देश/राष्ट्रिय

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८२ जेष्ठ १५, बिहीबार ०८:१३
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न
देश/राष्ट्रिय

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ जेष्ठ १५, बिहीबार ०८:१३
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!
देश/राष्ट्रिय

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ जेष्ठ १५, बिहीबार ०८:१३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८२ जेष्ठ १५, बिहीबार ०८:१३
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८२ जेष्ठ १५, बिहीबार ०८:१३
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ जेष्ठ १५, बिहीबार ०८:१३
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ जेष्ठ १५, बिहीबार ०८:१३
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ जेष्ठ १५, बिहीबार ०८:१३
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८२ जेष्ठ १५, बिहीबार ०८:१३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व