कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका पूर्वविद्यार्थी जमन सिंह कार्की आर्थिक अभावका कारण क्यान्सर रोगको उपचारमा संकटमा परेका छन्। लामो समयदेखि क्यान्सरसँग लडिरहेका कार्की हाल काठमाडौंको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्।
बुटवलमा बस्दै आएका दार्चुलाका किसान लाल सिंह कार्कीका छोरा जमनको उपचारमा हालसम्म १० लाखभन्दा बढी रकम खर्च भइसकेको छ। तर, रोग निको नहुँदा र आर्थिक स्रोत सकिँदा उनको उपचार प्रक्रिया जटिल बनेको छ। कार्कीका भिनाजु सुरेश सिंह भण्डारीले भने, “चार महिनादेखि उपचारमा भएको पैसा सकियो, ऋण लिएर पनि उपचार गर्यौं, तर अब अस्पतालमा थप रकम आवश्यक छ। हामी संकटमा छौं।”
सिद्धनाथ विज्ञान क्याम्पसमा पढ्दै गर्दा विद्यार्थी संगठनहरूले विद्यार्थी अधिकारका लागि आवाज उठाएका कार्की अहिले रोगले थलिएपछि झन् कठिन अवस्थामा छन्। आर्थिक अभावले उपचार प्रभावित हुने डरले कार्की परिवारले सबैसँग आर्थिक सहयोगको अपिल गरेको छ।










Discussion about this post