Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ९, २०८२
कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारद्वारा नमुना विद्यालयका रूपमा छनौट भएको कञ्चनपुरको लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो गुरुयोजना निर्माणका लागि सरोकारवालाहरूसँगको छलफललाई तीव्र पारेको छ। भीमदत्त नगरपालिका-१९, बागफाँटामा रहेको यस विद्यालयले शुक्रबार विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिसहितको कार्यशाला आयोजना गरी सुझाव संकलन गरेको हो।

लक्ष्मी माविका प्रधानाध्यापक प्रमानन्द नाथले प्रदेश सरकारले नमुना विद्यालय छनौट गरेसँगै आगामी आर्थिक वर्षका लागि जेठ १५ गतेभित्रै कार्ययोजना पेस गर्नुपर्ने समयसीमा दिएकाले सरोकारवालाहरूसँग छलफल गरेको बताए। उनले नमुना विद्यालय सञ्चालनका लागि विज्ञसहितका सरोकारवालाबाट सुझाव संकलन गरिएको र प्राप्त सुझावअनुरूप नै कार्ययोजना पेस गरिने जानकारी दिए। प्रअ नाथले प्रदेश सरकारको कार्यविधिअनुरूप साँच्चिकै नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरे। यसका लागि इन्जिनियर रविन्द्र दवाडी र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायमा कार्यरत प्राध्यापक जयराजन पन्थीबाट प्राविधिक सहयोग प्राप्त भएको पनि उनले बताए।

छलफलमा सहभागी सरोकारवालाहरूले विद्यालयलाई साँच्चिकै नमुना बनाउन विभिन्न रचनात्मक सुझाव दिएका छन्। इन्जिनियर रविन्द्र दवाडीले नमुना विद्यालय प्रवेशद्वारदेखि कक्षाकोठासम्मका सबै विषयमा नमुना हुनुपर्नेमा जोड दिए। भीमदत्त नगरपालिका कार्यपालिका सदस्य बसन्ती जोशीले व्यक्तिगत स्वार्थ त्यागेर सबैले नमुना विद्यालय बनाउन केन्द्रित हुनुपर्ने सुझाव दिइन्। भीमदत्त नगरपालिका-१९ का वडा सदस्य भागरथी विष्टले सामुदायिक विद्यालयलाई नमुना बनाउन जनप्रतिनिधिको तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गरिन्। अभिभावक डिलाराज पन्तले नमुना विद्यालयको स्तरोन्नतिमा विद्यालय, सरकार र समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए।

लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले प्रदेश सरकारले नमुना विद्यालय छनौट गरेपछि विद्यालयलाई साँच्चिकै नमुना बनाउनका लागि विद्यार्थीमैत्री वातावरण तयार गर्न सरोकारवालाहरूले साथ र समर्थन गर्नुपर्नेमा जोड दिए। प्रदेश सरकारले लक्ष्मी माविसहित कञ्चनपुरका ६ वटा विद्यालयलाई नमुना विद्यालयका रूपमा छनौट गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व