Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ९, २०८२
७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ वटा कम्पनीहरूलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता रकम तत्काल तिर्न चेतावनी दिएको छ। प्राधिकरणले १५ दिनभित्र आवश्यक विवरण र रकम दाखिला नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो।

प्राधिकरणले हालै प्रकाशित सूचना मार्फत ती कम्पनीहरूलाई सो रकम तिर्न अन्तिम मौका दिएको छ। यदि तोकिएको समयभित्र विवरण तथा बक्यौता बुझाएनन् भने दूरसञ्चार ऐन, २०५३ बमोजिम कानुनी कारबाही प्रक्रिया सुरु गरिने स्पष्ट गरिएको छ।

सूचनामा उल्लेख गरिएअनुसार क्लासिक टेक, डिस मिडिया नेटवर्क, ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क, वेबसर्फर नेपाल लगायतका ७३ इन्टरनेट सेवा प्रदायकहरूले नेपाल सरकार तथा प्राधिकरणमा बुझाउनुपर्ने लेखापरीक्षण विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार कोषसम्बन्धी रकम समयमै नबुझाएको उल्लेख छ।

प्राधिकरणले पटक–पटक पत्राचार, इमेल र सूचना प्रकाशनमार्फत ती सेवा प्रदायकहरूलाई जानकारी गराउँदै आएको थियो। तर, बारम्बार जानकारी गराउँदा समेत ती कम्पनीहरूले सम्बन्धित विवरण र बाँकी रकम दाखिला नगरेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र नियमानुसार लेखापरीक्षण विवरण, अन्य कागजातसहित बाँकी बक्यौता रकम भुक्तानी गरी प्राधिकरणमा जानकारी गराउन सूचित गरिन्छ।”

यस चेतावनीसँगै प्राधिकरणले नियमनमा कठोरता अपनाउने संकेत दिएको छ। सूचना प्रविधि र डिजिटल सेवामा भर पर्ने वर्तमान परिवेशमा दूरसञ्चार क्षेत्रको वित्तीय अनुशासनमा देखिएको लापरवाहीप्रति प्राधिकरणको यो कदम सशक्त सन्देशका रूपमा लिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर
देश/राष्ट्रिय

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

असार २८, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग
देश/राष्ट्रिय

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

असार २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व