Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका डा. विश्व पौडेल को हुन् ? यस्तो छ उनको पृष्ठभुमी !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ६, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका डा. विश्व पौडेल को हुन् ? यस्तो छ उनको पृष्ठभुमी !
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। करिब डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदमा सरकारको लामो रस्साकस्सीपछि पौडेलको नियुक्ति गरिएको हो।

गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो, जसमा डा. पौडेल पहिलो नम्बरमा थिए। अन्य सिफारिसमा निलम ढुंगाना र दिनेश भट्टराई रहेका थिए। चैत २४ गतेदेखि रिक्त रहेको गभर्नर पदमा डेपुटी गभर्नर निलम ढुंगानाले कामुक रूपमा कार्यभार सम्हाल्दै आएकी थिइन्।

प्रचलित कानुनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ नियुक्ति गरी सार्वजनिक सूचनामार्फत जानकारी गराउनु पर्ने प्रावधान भए पनि राजनीतिक तानातानका कारण नियुक्तिमा ढिलाइ भएको हो।

डा. पौडेलको पृष्ठभूमि
नवनियुक्त गभर्नर डा. विश्व पौडेल विगतमा गभर्नर सिफारिस समितिमा विज्ञ सदस्यका रूपमा संलग्न थिए। गभर्नरको दौडमा आफूलाई अघि बढाउने उद्देश्यले उनले सो समितिबाट राजीनामा दिएका थिए। उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट विश्वासपात्रका रूपमा समेत चिनिन्छन्।

डा. पौडेल २०७८ साल साउन १२ गते प्रधानमन्त्री देउवाको कार्यकालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए। वर्तमानमा पनि कांग्रेस सत्ता साझेदार रहेको बेला उनलाई राष्ट्र बैंकको नेतृत्वमा ल्याइएको हो।

चितवन निवासी डा. पौडेलले चीनको एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेका छन् भने अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि (PhD) हासिल गरेका छन्।

नेपाल राष्ट्र बैंकको नेतृत्वमा डा. पौडेलले समसामयिक आर्थिक चुनौतीहरूसँग जुझ्दै मौद्रिक नीतिमा सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर
देश/राष्ट्रिय

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

असार २८, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग
देश/राष्ट्रिय

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

असार २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व