Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्रीलाई मेयर बालेनको जवाफ : “ …म तपाईंको भ्रष्ट प्रणालीको समर्थन गर्दिन”

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ६, २०८२
प्रधानमन्त्रीलाई मेयर बालेनको जवाफ : “ …म तपाईंको भ्रष्ट प्रणालीको समर्थन गर्दिन”
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौँ महानगरका मेयर बालेन शाह अनुपस्थित रहेको विषयमा चासो व्यक्त गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत् कडा प्रतिक्रिया दिएका छन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उपमेयर सुनिता डंगोल उपस्थित भए पनि प्रमुख मेयर बालेन शाह अनुपस्थित थिए। उक्त बैठकमा प्रधानमन्त्री ओलीले मेयरको अनुपस्थिति अप्रत्याशित भएको भन्दै यस्ता राष्ट्रिय महत्वका बैठकमा अनिवार्य उपस्थिति हुनुपर्ने टिप्पणी गरेका थिए।

तर, प्रधानमन्त्रीको भनाइ सार्वजनिक भएपछि बालेन शाहले सामाजिक सञ्जालमा लेखेका छन्,
“जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशका सबै पार्टी मिलेर ‘भ्रष्टचारी जोगाउँछु’ भन्छन्, त्यस्तो निकायको कार्यक्रममा म जानु पर्ने कारण छैन। Sorry KP Oli, I don’t support your corrupt system 🙂”

शाहको यो भनाइले राजनीतिक वृत्तमा थप बहस जन्माएको छ। उनका समर्थकहरूले भ्रष्टाचारविरोधी स्पष्ट अभिव्यक्तिको रुपमा समर्थन जनाइरहेका छन् भने आलोचकहरूले औपचारिक बैठक र परम्परागत प्रक्रियालाई अपमानजनक व्यवहार गरेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए, “यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको उपस्थिति हुनुपर्छ। तर कुनै पनि बैठकमा उपस्थित हुनुपर्ने जनप्रतिनिधि उपस्थित भएको पाइँदैन। आगामी दिनमा यस्तो नहोस् र अनिवार्य उपस्थिति हुनुपर्छ।”

गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते त्रिदिवसीय रुपमा दीप प्रज्वलनसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ। मुख्य कार्यक्रम जेठ १५ गते सैनिक मञ्च, टुँडिखेलमा हुनेछ।

बालेनको प्रतिक्रिया र प्रधानमन्त्रीको टिप्पणीबीचको यो विषय आगामी दिनमा थप राजनीतिक तरंग ल्याउने निश्चित छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर
देश/राष्ट्रिय

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

असार २८, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग
देश/राष्ट्रिय

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

असार २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व