Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १, २०८२
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले डिजिटल डाटा संकलनका लागि सफ्टवेयर निर्माण गरेका छन्। विश्वविद्यालयको केन्द्रीय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका ४८ जना विद्यार्थीमध्ये ७ जनाले यो सफ्टवेयर तयार पारेका हुन्।

विभाग प्रमुख कर्णदेव भट्टका अनुसार, दुई महिनाको मेहनतपछि विद्यार्थीले निर्माण गरेको सफ्टवेयर बुधबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रस्तुत गरिएको छ। “पहिलो पटक हामीले विद्यार्थीमार्फत डिजिटल डाटा संकलन गरेर सफ्टवेयर बनाएका छौं,” उनले भने, “आगामी दिनमा थप नवीन कार्यक्रम ल्याउने योजना छ।”

स्नातक तहको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई खाजा खर्च प्रदान गरिएको छ। शिक्षण सहायक प्रकाश साउदले कोरोना महामारीका बेला विश्वविद्यालयले अनलाइन परीक्षाका लागि सफ्टवेयर बनाएको स्मरण गर्दै आगामी दिनमा यस्ता नवीन क्षेत्रमा विद्यार्थीलाई प्रोत्साहन गर्न विश्वविद्यालयको सहयोग आवश्यक रहेको बताए।

विज्ञान संकायका डीन डा. भवानी चन्दले विश्वविद्यालयले कम्प्युटर विज्ञान र सूचना प्रविधिका क्षेत्रमा ज्ञान र सीप विकासका कार्यक्रम अघि बढाएको उल्लेख गरे। उनले विद्यार्थीले समयसापेक्ष नवीन क्षेत्रमा चासो राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

उपकुलपति प्रा.डा. हेमराज पन्तले सूचना, विज्ञान र प्रविधिका क्षेत्रमा विश्वविद्यालयले लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। “विश्वविद्यालयले सृजनात्मक र समाजका लागि उपयोगी कार्यक्रम उत्पादनमा सहयोग गर्नेछ,” उनले भने, “विद्यार्थीले सूचना प्रविधिको क्षेत्रमा अग्रसर भएर काम गर्नुपर्छ।” उनले विद्यार्थीलाई प्रमाणपत्र र खाजा खर्च हस्तान्तरण गर्दै उनीहरूको सीप देश र समाजको विकासमा प्रयोग गर्न सुझाव दिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व